राज शाही बुधबार, फाल्गुण ०९, २०८० मा प्रकाशित

घरपालुवा पशु जुमा (चौरी गाई)ले धकेलेपछि लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ८ राहदेव गाउँ निवासी वर्ष ७१ का हिर्या रोकाया रहेका छन् ।

७१ वर्षको उमेर सम्म पनि लेखमा गाइ जुमा झोपा लगाएतका घरपालुवा पशु वस्तु हेरालुकारुपमा गोठालो वस्दै आएका थिए । फागुन ८ गते दिनको ११ वजे जुमालाइ घाँस हाल्ने क्रममा गोठको आगनबाट जुमाले धकेलेपछि ५ मिटर तल खसी घाइते भएको हाम्रा सर्केगाड संवाददाता ओमप्रसाद जैसीले बताएका छन् ।

गोठको आगनबाट खसी घाइते रोकायाको उपचारकै क्रममा ८ गते वेलुकै नै निधन भएको थियो । निजको ९ गते वुधबार हिन्दु संस्कार अनुसार दाहसंस्कार गरीएको संवाददाता जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९