राज शाही बुधबार, फाल्गुण ०९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

घरपालुवा पशु जुमा (चौरी गाई)ले धकेलेपछि लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ८ राहदेव गाउँ निवासी वर्ष ७१ का हिर्या रोकाया रहेका छन् ।

७१ वर्षको उमेर सम्म पनि लेखमा गाइ जुमा झोपा लगाएतका घरपालुवा पशु वस्तु हेरालुकारुपमा गोठालो वस्दै आएका थिए । फागुन ८ गते दिनको ११ वजे जुमालाइ घाँस हाल्ने क्रममा गोठको आगनबाट जुमाले धकेलेपछि ५ मिटर तल खसी घाइते भएको हाम्रा सर्केगाड संवाददाता ओमप्रसाद जैसीले बताएका छन् ।

गोठको आगनबाट खसी घाइते रोकायाको उपचारकै क्रममा ८ गते वेलुकै नै निधन भएको थियो । निजको ९ गते वुधबार हिन्दु संस्कार अनुसार दाहसंस्कार गरीएको संवाददाता जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९