राज शाही मंगलबार, फाल्गुण ०८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा भारी हिमपात भएको छ । सोमबार वेलुका ७ वजेबाट पर्न सुरु भएको हिमपात अहिले जिल्लाको सदरमुकाम सिमकोटमा १ फिट भन्दा वढी हिउ जमेको छ । त्यसै हिमाली जिल्ला हुम्लाको होचा खोज सम्मै अहिले हिमपात भइ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका क्षेत्रका वस्ती स्तरमा करिव २ फिट हिमपात भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्लाका उच्च हिमालमा पर्ने नारा न्यालु मारुकोर भुब्रे मुने लेखमा करिव ४ फिट जति हिउ परेको हुन सक्ने अनुमान गरिएको छ । यो हिमपातले हुम्ला जिल्लामा जाड अत्याधिक वढेको छ । यो हिमपातले हुम्ला जिल्लाका आन्तरिक सवारी साधन संगै हवाइ सेवा ठप्प हुने देखिन्छ । स्थानियवासी घरबाहिर निक्लने अवस्था छैन । घरपालुवा पशु वस्तुलाइ गोठमै बाँधी घाँस हाल्नु पर्ने अवस्था रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९