राज शाही शुक्रबार, फाल्गुण ०४, २०८० मा प्रकाशित

नेपालका दुई वटा स्थानिय तह बीच मितेरी साइनो गाँसिएको छ । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी टुवाचुङ नगरपालिका बिच मितेरी साइनो गाँसिएको हो । नाम्खा गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीका अनुसार नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा र खोटाङ जिल्लाको हलेसी टुवा चुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमला राइको सँयुक्त उपस्थितमा मितेरी साइनो तथा मायाको चिनो कार्यक्रम सुक्रबार खोटाङमा संचालन भएको योजना अधिकृत शाहीले बताएका छन् ।

नाम्खा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष र हलेसी टुवाचुङ नगरपालिकाका सबै वडाका वडा अध्यक्षको उपस्थितमा नगरपालिका र गाउँपालिकाको पर्यटकिय क्षेत्रको विकास, दुई स्थानिय निकाय बीचको साझेदारी कार्यक्रम सँचालन गर्ने, निति निर्माणमा एक अर्कामा समन्वय गर्ने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा समन्वयकारी भुमिका खेल्ने लगाएतका विषयमा छलफल भएको योजना अधिकृत शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९