राज शाही बिहिबार, फाल्गुण ०३, २०८० मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा पुरुष बन्ध्याकरण शिविर सुरु भएको छ । शिविर हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा विहिवार बाट सुरु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनमी गिता लामाले बताएकी छन् । महिलाहरुका लागी अनेक थरीका अस्थाइ साधन भए पनि पुरुषका लागी कण्डम बाहेक अन्य अस्थाइ साधन नभए पछि बन्ध्याकरण गर्नु परेको हो ।

सन्तानका रहर पुगेका परिवारका लागी पुरुष वन्धायाकरण एक विश्वासिलो माध्याम वन्दै गएको छ । जिल्ला डक्टर कैलास लामाको नेतृत्वमा डाक्टर रोसन रावत लगाएतको टोली विहिवार सर्केगाड पुगेको हो । विहिवारै सो टोलीले सर्केगाड गाउँपालिकामा रहेको साँयाँ स्वास्थ्य चौकीमा १० जना पुरुषको वन्ध्याकरण गरेको अनमी लामाले बताएकी छन् । उक्त टोलीले सर्केगाड र चंखेली गाउँपालिकाको लागी सर्केगाड र ताँजाकोट र अदानचुली गाउँपालिकाका सन्तानका रहर पुगे पुरुषहरुका लागी अदानचुलीको श्रीनगरमा संचालन गर्ने भएको छ ।

विहिवार र सुक्रबार सर्केगाडमा उक्त सिविर संचालन गरी सकेपछि अदानचुलीको श्रीनगरमा जाँने लामाले बताएकी छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आर्थिक सहयोगमा उक्त शिविर संचालन भएको हो ।वन्ध्याकरण गरि सकेपछि पुरुष कम्जोर हुने महिला दुब्लाउने जो हल्ला गाउँ घरमा हुने गरेको छ । सो भ्रममा नपर्न पनि अनमी लामाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९