राज शाही बिहिबार, फाल्गुण ०३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्लामा पुरुष बन्ध्याकरण शिविर सुरु भएको छ । शिविर हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा विहिवार बाट सुरु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनमी गिता लामाले बताएकी छन् । महिलाहरुका लागी अनेक थरीका अस्थाइ साधन भए पनि पुरुषका लागी कण्डम बाहेक अन्य अस्थाइ साधन नभए पछि बन्ध्याकरण गर्नु परेको हो ।

सन्तानका रहर पुगेका परिवारका लागी पुरुष वन्धायाकरण एक विश्वासिलो माध्याम वन्दै गएको छ । जिल्ला डक्टर कैलास लामाको नेतृत्वमा डाक्टर रोसन रावत लगाएतको टोली विहिवार सर्केगाड पुगेको हो । विहिवारै सो टोलीले सर्केगाड गाउँपालिकामा रहेको साँयाँ स्वास्थ्य चौकीमा १० जना पुरुषको वन्ध्याकरण गरेको अनमी लामाले बताएकी छन् । उक्त टोलीले सर्केगाड र चंखेली गाउँपालिकाको लागी सर्केगाड र ताँजाकोट र अदानचुली गाउँपालिकाका सन्तानका रहर पुगे पुरुषहरुका लागी अदानचुलीको श्रीनगरमा संचालन गर्ने भएको छ ।

विहिवार र सुक्रबार सर्केगाडमा उक्त सिविर संचालन गरी सकेपछि अदानचुलीको श्रीनगरमा जाँने लामाले बताएकी छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आर्थिक सहयोगमा उक्त शिविर संचालन भएको हो ।वन्ध्याकरण गरि सकेपछि पुरुष कम्जोर हुने महिला दुब्लाउने जो हल्ला गाउँ घरमा हुने गरेको छ । सो भ्रममा नपर्न पनि अनमी लामाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९