राज शाही शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

आगलागी पीडित लक्षीमा सिंहको जिल्ला अस्पतालमा उपचार नहुने भएको छ । माघ २५ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ को याँङचु (डाँडाबाडा) नजिक आँसी काट्ना माथिको सार्वजनिक मेलामा आगलागी हुँदा घाइते सिंह आगो नियन्त्रणका लागी गएकी थिइन । आगो नियन्त्रणकै क्रममा आगोको रापले हात मुख छाती टाउँको लगाएतका ठाउँमा जलि बोल्न नसक्ने वेहोस अवस्थामा रहेकी छन् ।

प्राथामिक उपचार सामुदायीक अस्पताल खार्पुनाथ मै भए पनि त्यहाँ उपचारमा सम्भव नभए पछि जिल्ला अस्पताल सिमकोट हुम्लामा रिफर गरिएको थियो । रिफर गरिएका आगलागी घाइतेको उपचारमा खटिएका जिल्ला अस्पतालका डाक्टर कैलास लामा, वरिष्ठ अनमी सरिता बोहराको चिकित्सकिय टोलीले हुम्लामा उपचार हुन नसक्ने भन्दै आजै जिल्ला बाहिर रिफर गरेको छ । घाइते सिहको छाती घाटी तथा हातमा र मुखमा वढी जलेकाले हुम्ला जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भन्दै आजै रिफर गरिएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९