राज शाही शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

आगलागी पीडितका लागी वडा पालिकाबाट सहयोग प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ को याँङचु (डाँडाबाडा) गाउँकी लक्षीमा सिंहका लागी १ लाख नगद प्राप्त भएको हो । सो सहयोग हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा खार्पुनाथ गाउँपालिकाबाट उपलब्ध गराएका हुन ।

वडा अध्यक्ष शाहीकै पहलमा खार्पुनाथ गाउँपालिकाबाट सिमकोट सम्म एम्बुलेन्समा विरामीको उदार भएको छ । वडा अध्यक्ष शाहीकै पहलमा मानसरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक भण्डारीले १ वटा हवाइ टिकटको लागी सहयोग गर्ने सम्मको आश्वासन दिएका छन् ।

आगलागी पीडित सिह खार्पुनाथ गाउँपालिका वडा नं ५ को आँसीकाट्ना भन्दा माथिको सार्वजनिक सामुदायीक वनमा आगलागी हुँदा आगो नियन्त्रणका लागी गएकी थिइन । आगो नियन्त्रण गर्ने क्रममा निज घाइते सिंहको टाउको हात, छाती, मुख जलेर सक्त घाइते भएकी छन् । आफ्नो घरको आर्थिक अवस्था सारै कम्जोर भएकाले उपचारका लागी सहयोग गरिदिन निजका श्रीमान मकर सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९