राज शाही शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

आगलागी पीडितका लागी वडा पालिकाबाट सहयोग प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ को याँङचु (डाँडाबाडा) गाउँकी लक्षीमा सिंहका लागी १ लाख नगद प्राप्त भएको हो । सो सहयोग हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा खार्पुनाथ गाउँपालिकाबाट उपलब्ध गराएका हुन ।

वडा अध्यक्ष शाहीकै पहलमा खार्पुनाथ गाउँपालिकाबाट सिमकोट सम्म एम्बुलेन्समा विरामीको उदार भएको छ । वडा अध्यक्ष शाहीकै पहलमा मानसरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक भण्डारीले १ वटा हवाइ टिकटको लागी सहयोग गर्ने सम्मको आश्वासन दिएका छन् ।

आगलागी पीडित सिह खार्पुनाथ गाउँपालिका वडा नं ५ को आँसीकाट्ना भन्दा माथिको सार्वजनिक सामुदायीक वनमा आगलागी हुँदा आगो नियन्त्रणका लागी गएकी थिइन । आगो नियन्त्रण गर्ने क्रममा निज घाइते सिंहको टाउको हात, छाती, मुख जलेर सक्त घाइते भएकी छन् । आफ्नो घरको आर्थिक अवस्था सारै कम्जोर भएकाले उपचारका लागी सहयोग गरिदिन निजका श्रीमान मकर सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९