राज शाही बिहिबार, माघ २५, २०८० मा प्रकाशित

विहिवार हुम्ला जिल्लाको खार्पुनाथमा आगलागी हुँदा एक जना महिला सक्त घाइते भएकी छन् । विहिवार दिउसो अन्दाजी १२ वजे लागेको आगोले महिलालाई सक्त घाइते बनाएको हो । बालबालिकाले खार्पुनाथ गाउँपालिका वडा नं ५ को आसिकाट्ना देखि माथिको मेलामा आगलागी हुँदा ति महिला सक्त घाइते भएकी हुन ।

घाइते हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं ५ याँङचु (डाँडाबाडा) गाउँ बस्ने अन्दाजी वर्ष ४९ की लक्षीमा सिह रहेकी छन् । घाइते सिंहको टाउको शरिरका विभिन्न भाग सँगै हात जलेको खार्पुनाथ गाउँपालिका सामुदायीक अस्पतालका अहेव जैमलबहादुर शाहीले बताएका छन् । आगो निभाउने क्रममा निजको शरीरमा आगलागी हुँदा हात खुट्टा टाउको र अन्य शरीरका विभिन्न भागमा जलेको अहेव शाहीले बताएका छन् ।

निजको घरको आर्थिक अवस्था अति कम्जोर भएकाले उपचारका लागी जिल्ला बाहिर लिन सक्ने अवस्था नभएकाले सोही सामुदायीक अस्पतालमा प्राथामिक उपचार भइ रहेको शाहीले बताएका छन। उक्त आगलागीबाट आसी काट्ना देखि माथिको सम्पुर्ण चरिचन क्षेत्र जलर नष्ट भएको र सो सँगै बाम्नी माडुको मन्दिर पनि जलेर नष्ट भएको शाहीले बताएका छन् ।

स्थानियवासीको सक्रियतामा अहिले आगो निन्तरणमा आयो जानकारी प्राप्त भएको छ । आगलागीमा परि सिंह सोही ठाउँमा पल्टेपछि स्यालाबाडा गाउँका मनराज शाहीले उदार गरी अस्पताल पुर्याएको अहेव शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९