राज शाही आइतबार, माघ २१, २०८० मा प्रकाशित

यति वेला हुम्ली जनतालाई शान्ती सुरक्षा दिन नेपाल प्रहरीलाई सास्ती भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार विहानैबाट परेको हिमपात सँगै चलेको हावा हुरीले नेपाल प्रहरीलाई बजार गस्ती गर्न स्थानियवासीको जिउ ज्यानको रक्षा गर्न सास्ती देखिएको हो । हावा हुरी सँगै परेको हिमपातका बाबजुद पनि महिला सुरक्षाकर्मी सहितको टोली जिल्ला सदरमुकाम सहितका मातहतका प्रहरी चौकीमा गस्ती सँगै सेन्टी गरी रहेको पाइएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको हिल्सामा पनि सस्त्र प्रहरीहरु बस्दै आएका छन् भने यारी प्रहरी चौकीमा नेपाल प्रहरी रहेका छन् । यी प्रहरी चौकीमा हावा हुरी सँगै हिमपात भए पछि प्रहरी चौकीबाट सुरक्षाकर्मी बाहिर निक्लनै समस्या भएको र आफ्नो खाना बनाइ खान समेत समस्या भएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिमकोट मातहतका प्रहरी पोष्टहरुमा खुल्ला प्रहरी पोष्टका कारण डिउटी गर्न समेत समस्या भएको देखिएको छ । काठको ठहरा बनाइएको र चारै तिरबाट खुल्ला हुँदा उक्त पोष्टमा बसी डिउटी गर्न सारै समस्या भएको हो  ।  अहिले हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको न्यूनतम   तापक्रम माइनस ६ डग्रि सेल्सियस रहेको छ । जिल्ला सदरमुकाम देखि उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाको यारी हिल्सामा न्युनतम तापक्रम माइनस १२ डिग्रि सेल्सियस सम्म रहेको भन्ने खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९