राज शाही आइतबार, माघ २१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

यति वेला हुम्ली जनतालाई शान्ती सुरक्षा दिन नेपाल प्रहरीलाई सास्ती भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार विहानैबाट परेको हिमपात सँगै चलेको हावा हुरीले नेपाल प्रहरीलाई बजार गस्ती गर्न स्थानियवासीको जिउ ज्यानको रक्षा गर्न सास्ती देखिएको हो । हावा हुरी सँगै परेको हिमपातका बाबजुद पनि महिला सुरक्षाकर्मी सहितको टोली जिल्ला सदरमुकाम सहितका मातहतका प्रहरी चौकीमा गस्ती सँगै सेन्टी गरी रहेको पाइएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाको हिल्सामा पनि सस्त्र प्रहरीहरु बस्दै आएका छन् भने यारी प्रहरी चौकीमा नेपाल प्रहरी रहेका छन् । यी प्रहरी चौकीमा हावा हुरी सँगै हिमपात भए पछि प्रहरी चौकीबाट सुरक्षाकर्मी बाहिर निक्लनै समस्या भएको र आफ्नो खाना बनाइ खान समेत समस्या भएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिमकोट मातहतका प्रहरी पोष्टहरुमा खुल्ला प्रहरी पोष्टका कारण डिउटी गर्न समेत समस्या भएको देखिएको छ । काठको ठहरा बनाइएको र चारै तिरबाट खुल्ला हुँदा उक्त पोष्टमा बसी डिउटी गर्न सारै समस्या भएको हो  ।  अहिले हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको न्यूनतम   तापक्रम माइनस ६ डग्रि सेल्सियस रहेको छ । जिल्ला सदरमुकाम देखि उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाको यारी हिल्सामा न्युनतम तापक्रम माइनस १२ डिग्रि सेल्सियस सम्म रहेको भन्ने खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९