राज शाही बिहिबार, माघ १८, २०८० मा प्रकाशित

हुम्ला जिल्लाको बस्ती स्तर सम्म हिमपात भएको छ । होचा खोच सम्म हिमापात हुँदा धुलो धुवा केही मथर भएको देखिन्छ । यस अघि हिमपात तथा पानी नपर्दा गाउँ वस्तीमा सुख्खा खडेरी भइ धुलो धुवाँ उडाइ रुघा खोकी जस्ता समस्या रहेको थियो । विहिबार विहान २ वजेबाट परेको हिमपात सँगैको पानीले केही मथर गरेको पाइन्छ ।

यो हिमपातले ३ वटा गाउँपालिकाका एसइइ दिने विद्यार्थीलाइ सास्ती बनाएको छ । १४ वर्ष देखि १८ वर्ष सम्म नाबालबालिकालाई सदरमुकाम सिमकोटमा टिउसन पढ्न चिसोले समस्या गरेको एसइइ टिउस पढ्ने विद्यार्थीले बताएका छन् । एका विहानै टिउसन कक्षा सुरु हुने र पठन पाठ गर्न जाँदा हिमापात सँगै लागेको हावा हुरीले चिसोमा कठ्याङग्रीने गरेको विद्यार्थीले बताएका छन् ।

सदरमुकाम सिमकोटमा हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख का ३ वटा गाउँपालिकाका विद्यार्थी टिउसन पढ्ने गरेका छन् । जसमा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका करिव १ सय भन्दा वढी विद्यार्थी सिमकोटमा टिउसन पठन पाठन गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९