राज शाही बिहिबार, माघ १८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको बस्ती स्तर सम्म हिमपात भएको छ । होचा खोच सम्म हिमापात हुँदा धुलो धुवा केही मथर भएको देखिन्छ । यस अघि हिमपात तथा पानी नपर्दा गाउँ वस्तीमा सुख्खा खडेरी भइ धुलो धुवाँ उडाइ रुघा खोकी जस्ता समस्या रहेको थियो । विहिबार विहान २ वजेबाट परेको हिमपात सँगैको पानीले केही मथर गरेको पाइन्छ ।

यो हिमपातले ३ वटा गाउँपालिकाका एसइइ दिने विद्यार्थीलाइ सास्ती बनाएको छ । १४ वर्ष देखि १८ वर्ष सम्म नाबालबालिकालाई सदरमुकाम सिमकोटमा टिउसन पढ्न चिसोले समस्या गरेको एसइइ टिउस पढ्ने विद्यार्थीले बताएका छन् । एका विहानै टिउसन कक्षा सुरु हुने र पठन पाठ गर्न जाँदा हिमापात सँगै लागेको हावा हुरीले चिसोमा कठ्याङग्रीने गरेको विद्यार्थीले बताएका छन् ।

सदरमुकाम सिमकोटमा हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख का ३ वटा गाउँपालिकाका विद्यार्थी टिउसन पढ्ने गरेका छन् । जसमा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका करिव १ सय भन्दा वढी विद्यार्थी सिमकोटमा टिउसन पठन पाठन गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९