राज शाही मंगलबार, माघ १६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

कर्मचारी मिलन केन्द्र हुम्लाले विदाइ तथा स्वागत कार्यक्रम संचालन गरेको छ । हुम्ला जिल्लाबाट विदाई भएर जाने र सरुवा तथा नयाँ पोष्टिङ भइ आउने कर्मचारीलाई स्वागत गरेको हो । कर्मचारी मिलन केन्द्रले मंगलबार दिनको २ बजे एक कार्यक्रमको आयोजना गरेी हुम्ला जिल्लामा १८ महिना कार्यरत रही हुम्ला जिल्लाबाट सरुवा भएका जिल्ला न्यायाधीश दिल प्रसाद सापकोटा, आयुवेर्द स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण चन्द्र जोसी र ४० वर्ष काम गरेर अवकास भएका हुम्ला जिल्ला अदालतका कार्यालय सहयोगी गोरबहादुर रावतलाई टसी खादा अविर लगाइ विदाई गरेको छ । त्यसै गरी हुम्ला जिल्लामा सरुवा भइ आएका आयुवेर्द स्वास्थ्य कन्द्रका प्रमुख संकर राय रौनियार, कविराज गोरख बहादुर रावत र हुम्ला जिल्ला अदालतका सर्वेक्षक भिसन लामालाई टसी खादा अविर लगाइ स्वागत गरेको छ ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष सरिता बोहराको अध्यक्षतामा र कर्मचारी मिलन केन्द्रका प्रमुख संरक्षक दिल प्रसाद सापको र संरक्षक एव प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको विशेष आतिथ्यमा संचालन भएको स्वागत तथा विदाइ कार्यक्रममा ससत्र प्रहरी नायव उपरिक्षक गुन्जन प्रताव मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी,निमित्ता प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द,कर्मचारी मिलन केन्द्र उपाध्यक्ष विषन रोकाया लगायतका पदाधिकारी र पुर्व कार्यवाहक अध्यक्ष डवेले रावतको उपस्थित रहेको थियो ।

यस अघि पनि कर्मचारी मिलन केन्द्रले रचनात्मक कार्य गर्दै आएको र आफु जिल्ला कार्य समितिको अध्यक्षमा चयन भइ सकेपछि स्वागत तथा विदाइ कार्यक्रममा मात्र कर्मचारी मिलन केन्द्रलाई सिमित नराखेर समाजमा हुने विभिन्न क्रियाकलापमा कर्मचारी मिलन केन्द्रलाई चिनाउने सोही केन्द्रका अध्यक्ष सरिता बोहरा बताइन ।

निजामती सेवामा प्रवेश गर्ने जो कोहीले एक पटक हुम्ला पुगी यहाँको मनोरम द्धश्य, प्रयटकिय क्षेत्र र मानसरोवर कैलास सँग सँगै खार्पुनाथ शिवालय हेर्न आउनै पर्ने जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले बताएका थिए ।

हुम्लामा सरुवा भइ आउने कर्मचारीले हुम्ला जिल्ला भौगोलिकरुपमा विकट छ, दुर्गम छ भन्ने नसोची आफुले पाएको जिम्मेवारी इमान्दारीताका साथ गर्नु पर्ने र केही दुःख कष्ट परेमा कर्मचारी मिलन केन्द्रको संरक्षक भएको हिसावले कर्मचारीका दुःख कष्टलाई सहज गर्ने तर्फ लाग्ने  प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताएका थिए ।

आयुवर्दे स्वास्थ्य केन्द्रबाट प्रर्दान गरीने सेवा आफु जहिले पनि जहाँ पनि गर्न तयार रहेको र विस्तार गरिएका शाखाहरुमा पनि कुनै चिजको कमी हुन नदिने आयुवेर्द स्वास्थ्य केन्द्रका प्रमुख संकर साह रौनियारले  बताएका थिए । कार्यक्रम मंगलबार दिनको २ वजे कर्मचारी मिलन केन्द्रमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९