राज शाही शनिबार, माघ १३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकी सतप्रतिशत सुत्केरी संस्थागत रुपमा गराउन सफल भएको पाईएको छ । स्वास्थ्य चौकीमा सुत्केरी गराए बापत सुबिधा पाईने र गाउँमै उक्त सुबिधा भएपछि संस्थागत सुत्केरी गराउने संख्या सतप्रतिशत पुगेको हो ।

उक्त स्वास्थ्य चौकीकी सिनियर अनमी रमिता रोकाया बोहराले बिगत तीन वर्ष यता स्वास्थ्य चौकी सतप्रतिशत संस्थागत सुत्केरी गराउन सफल भएको बताईन । उनले राज्यबाट संस्थागत सुत्केरी गराए बापत सुबिधा पाईनु र सुरक्षित रुपमा सुत्केरी गराउनका लागि स्वासथ्य चौकीमा जानु पर्छ भन्ने जनचेतना बृद्धि भएको कारण स्वास्थ्य चौकीलाई सो प्रगति प्राप्त भएको बताईन ।

पछिल्ला वर्षहरुमा गर्भवतीलाई सुत्केरी ब्यथा लाग्ने बित्तिक्कै स्वासथ्य चौकीमा परिवारका सदस्यहरुले नै ल्याउने गर्नाले पनि संस्थागत सुत्केरीको महत्व र फाईदा बुझेको देखिन्छ । यसवर्ष हालसम्म दश जना गर्भवतीको संस्थागत सुत्केरी भई सकेकी छन् । गतवर्ष १८ जना गर्भवतीको यसरी सुत्केी भएकी थिईन ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९