राज शाही बुधबार, माघ ०३, २०८० मा प्रकाशित

हाम्रो बजार राम्रो बजारको नाराका साथ सिमकोट गाउँपालिका अगाडी वढी रहेको छ । सिमकोट बजारलाई आरसिसि ढलान कार्य अन्तिम चरणमा पुर्याएको सिमकोट गाउँपालिका अहिले बजार सरसफाइ प्रति सजक रहेको देखिद छ । सिमकोट बजारको मुख्य सडक सनभ्याली रिसोट देखि जिल्ला स्वास्थ्य कार्यालय र एर पोट चोक देखि नेपाल ट्रस सम्म ७ मिटर चौडा सडक ढलान कार्य पुरा गरेको छ ।

यस पछि उक्त गाउँपालिकाको सिमकोट बजारको काली चोक देखि लादेबाड सम्मको सडकलाई ढलान गर्न सार्वचनिक बाटोको खोजी कार्य गरि रहेको छ । उक्त सार्वजनिक बाटो पत्ता लागेमा यसै आर्थिक वर्ष भित्र उक्त बाटोलाई ढालान गर्ने सोही गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका छन् । सो बाटोमा यस अघि केही बिबाद आएका कारण ढलान हुन नसकेकोमा अव विवाद समाधान भएको र ७ मिटर चौडा सडक निर्माण गर्दा के कति घरधुरीमा घर फाल्नु पर्ने हो सो को एकिन गरि बाटो चौडा कार्यलाइ प्राथामिकता दिने अध्यक्ष भण्डारीले बताएका छन् ।

सडक चौडा सँगै ढललाइ पनि व्यवस्थित गर्ने तर्फ आफु सचेत भएको अध्यक्ष भण्डारीको भनाइ छ । यस अघि निर्माण गरिएका ढलमा फोहोर जम्दा बाटोमा पानी वगी बजार दुरगन्दित हुन गएको देखि आज बुधबार सिमकोट गाउँ पालिकाका अध्यक्ष विजय भण्डारीको नेतृत्वमा सिमकोट गाउँपालिकाका कर्मचारीले काली चोक लगाएतका वन्द भएका ढलहरुमा जमेको फोहर ढल बाहिर निकाली पलास्टिकमा जम्मा गरेको छ । अवको केही दिनमा सिमकोट गाउँपालिकाले उक्त फोहोर आफै उडाएर डम्पिङ साइडमा पुर्याउने कार्य हुने अध्यक्ष भण्डारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९