राज शाही शनिबार, पौष २८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाः

शनिवार विहान अन्दाजी २६ वर्षकी महिला सिमकोट बजारको संचार टोलको बाटोमै सुत्केरी भएकी छन् । ३ दिन देखि सामान्य प्रसुती वेथा लागेकी महिला हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ को मानसरोवर माध्यामिक विद्यालयको तल पट्टी कोठा लिइ बसेकी थिइन । प्रसुतीका लागी केही महिना देखि सिमकोटमा बस्दै आएकी रुपसिला विश्वकर्माका श्रीमान सुत्केरीको सेहार गर्ने भन्दै २ दिन अघि चंखेली गाउँपालिकाको पिपलाङमा रहेकी आफ्नी आमालाई लिन गएका थिए ।

उनी संगै एउटै घरमा डेरा लिएर वस्ने इमा सुनारले प्रसुतीका लागी जिल्ला अस्पतालमा लिदै गर्दा पुरानो सिटिजन बैङ्क माथि पट्टी सुत्केरी भएकी थिइन । सुत्केरी भएकी महिला हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट कार्कीबाडा गाउँ निवासी हिरबहादुर विक की श्रीमती हुन । निजले शनिवार विहान ७ वजेर १५ मिनेटमा छोराको जन्म दिएकी थिइन ।

सुत्केरी महिला बाटोमै अलपत्र परे पछि रेडियो कैलासका समाचार प्रमुख राज शाही लगाएतको टोलीले थप उपचारका लागी जिल्ला अस्पताल पुर्याइ साल नाल जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले निकालेका थिए । हुम्ला जिल्लामा चिसो अत्याधिक भए पछि बाटोमै सुत्केरी भएकी विश्वकर्माको उदारमा केही समस्या देखिएको थियो । चिसोले बच्चा सँगै आमाको स्वास्थ्यमा समस्या केही देखिए पनि जिल्ला अस्सपताल हुम्लामा पुर्याएपछि जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको स्वास्थ्यमा सुधार आइ शनिवार वेलुका ४ बजे जिल्ला अस्पतालले डिसचार्ज गरेको हो। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको इमा सुनारले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९