राज शाही शनिबार, पौष २८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाः

शनिवार विहान अन्दाजी २६ वर्षकी महिला सिमकोट बजारको संचार टोलको बाटोमै सुत्केरी भएकी छन् । ३ दिन देखि सामान्य प्रसुती वेथा लागेकी महिला हुम्ला सिमकोट गाउँपालिका वडा नं ६ को मानसरोवर माध्यामिक विद्यालयको तल पट्टी कोठा लिइ बसेकी थिइन । प्रसुतीका लागी केही महिना देखि सिमकोटमा बस्दै आएकी रुपसिला विश्वकर्माका श्रीमान सुत्केरीको सेहार गर्ने भन्दै २ दिन अघि चंखेली गाउँपालिकाको पिपलाङमा रहेकी आफ्नी आमालाई लिन गएका थिए ।

उनी संगै एउटै घरमा डेरा लिएर वस्ने इमा सुनारले प्रसुतीका लागी जिल्ला अस्पतालमा लिदै गर्दा पुरानो सिटिजन बैङ्क माथि पट्टी सुत्केरी भएकी थिइन । सुत्केरी भएकी महिला हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट कार्कीबाडा गाउँ निवासी हिरबहादुर विक की श्रीमती हुन । निजले शनिवार विहान ७ वजेर १५ मिनेटमा छोराको जन्म दिएकी थिइन ।

सुत्केरी महिला बाटोमै अलपत्र परे पछि रेडियो कैलासका समाचार प्रमुख राज शाही लगाएतको टोलीले थप उपचारका लागी जिल्ला अस्पताल पुर्याइ साल नाल जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले निकालेका थिए । हुम्ला जिल्लामा चिसो अत्याधिक भए पछि बाटोमै सुत्केरी भएकी विश्वकर्माको उदारमा केही समस्या देखिएको थियो । चिसोले बच्चा सँगै आमाको स्वास्थ्यमा समस्या केही देखिए पनि जिल्ला अस्सपताल हुम्लामा पुर्याएपछि जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको स्वास्थ्यमा सुधार आइ शनिवार वेलुका ४ बजे जिल्ला अस्पतालले डिसचार्ज गरेको हो। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको इमा सुनारले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९