राज शाही शनिबार, पौष २१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

नाम्खा गाउँपालिका कार्यालय अन्र्तगत सामाजिक बिकास शाखाले बाल बिबाह बिरुद्ध “उमेर नपुगी बिबाह ” नामक सडक नाटक प्रस्तुत गरेको छ । अहिलेको अवस्थामा पनि गाउँगाउँमा बालबिबाह नरोकिएको कारण जनचेतना फैलाउनका लागि शाखाले वडा स्तरमा सडक नाटक प्रस्तुती गरेको हो । गाउँपालिकाले वर्तमान अवस्थामा पनि गाउँ गाउँमा बालबिबाह नरोकिएको कारण त्यस बिरुद्ध जनचेतना फैलाउन कलाकारलाई सहभागी गराएर सडक नाटक मञ्चन गरिएको जनाएको छ ।

उत्तरी नाम्खा गाउँपालिका जिल्लाका अन्य गाउँपालिकाको तुलनामा बालबिबाह कम हुने गरेको भएपनि त्यसलाई हटाउन नसकिएको कारण नाटक प्रस्तुती गरिएको होे । सडक नाटक शाखाले वडा स्तरमा सञ्चालन गरेको भएपनि हिमालपारीको गाउँ लिमीको वडामा भने बाटो बन्द भएको कारण त्यहाँ भने गर्न सकेको छैन् । नाटकमा कलाकारहरुले कथा मार्फत बाल बिबाह कानुनी अपराध भएको सन्देश दिन खोजेको थियो ।

सडक नाटकमा बाल बिबाहका बेफाईदा, यसले बालिकामा पार्न सक्ने नकरात्मक असर, शारिरिक समस्या, कानूनी समस्याहरु नाटकका विषयवस्तु रहेका थिएन । नाटक मञ्चन गर्ने कार्यक्रम स्थलमा बीस वर्ष मुनिका बालबालिकाहरुलाई सहभागिता गरिएको थियो । सडक नाटक प्रस्तुती भएको स्थानमा सहभागी हुनु भएका बालबालिकाले बीस वर्ष नपुगी बिबाह नगर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । सडक नाटकका लागि बाल कलाकारहरुलाई पात्रका रुपमा प्रयोग गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९