राज शाही शनिबार, पौष २१, २०८० मा प्रकाशित

नाम्खा गाउँपालिका कार्यालय अन्र्तगत सामाजिक बिकास शाखाले बाल बिबाह बिरुद्ध “उमेर नपुगी बिबाह ” नामक सडक नाटक प्रस्तुत गरेको छ । अहिलेको अवस्थामा पनि गाउँगाउँमा बालबिबाह नरोकिएको कारण जनचेतना फैलाउनका लागि शाखाले वडा स्तरमा सडक नाटक प्रस्तुती गरेको हो । गाउँपालिकाले वर्तमान अवस्थामा पनि गाउँ गाउँमा बालबिबाह नरोकिएको कारण त्यस बिरुद्ध जनचेतना फैलाउन कलाकारलाई सहभागी गराएर सडक नाटक मञ्चन गरिएको जनाएको छ ।

उत्तरी नाम्खा गाउँपालिका जिल्लाका अन्य गाउँपालिकाको तुलनामा बालबिबाह कम हुने गरेको भएपनि त्यसलाई हटाउन नसकिएको कारण नाटक प्रस्तुती गरिएको होे । सडक नाटक शाखाले वडा स्तरमा सञ्चालन गरेको भएपनि हिमालपारीको गाउँ लिमीको वडामा भने बाटो बन्द भएको कारण त्यहाँ भने गर्न सकेको छैन् । नाटकमा कलाकारहरुले कथा मार्फत बाल बिबाह कानुनी अपराध भएको सन्देश दिन खोजेको थियो ।

सडक नाटकमा बाल बिबाहका बेफाईदा, यसले बालिकामा पार्न सक्ने नकरात्मक असर, शारिरिक समस्या, कानूनी समस्याहरु नाटकका विषयवस्तु रहेका थिएन । नाटक मञ्चन गर्ने कार्यक्रम स्थलमा बीस वर्ष मुनिका बालबालिकाहरुलाई सहभागिता गरिएको थियो । सडक नाटक प्रस्तुती भएको स्थानमा सहभागी हुनु भएका बालबालिकाले बीस वर्ष नपुगी बिबाह नगर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । सडक नाटकका लागि बाल कलाकारहरुलाई पात्रका रुपमा प्रयोग गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९