राज शाही बिहिबार, पौष १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा स्याउ तथा ओखर खेती सम्बन्धि तालीम संचालन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा २ दिन सम्म संचालन भएको हो । कृषि शाखा ना प्र स हर्कविर रावतलका अनुसार स्याउ तथा ओखर उत्पादनका लागी काट छाँट,कलमी गर्ने तरकारी, विरुवा उत्पादन गर्ने तरिका, स्याउ तथा ओखरका विरुवा लगाउने तरिकाका बारेमा सिकाइएको बताएका छन् ।

तालिममा सहभागीलाई स्याउ तथा ओखर काटछाँट र कलमी गर्दा चाइ सामाग्री वितरण गरिएको रावतले बताएका छन् । कृषकलाइ वितरण गरिएका सामाग्रीमा करौती सिपर २ सेट कैची बडीङ चक्कु लगाएतका रहेका छन् । बुधबारबाट संचालन भइ आज विहिबार सम्पन्न भएको कार्यक्रमको अध्यक्ष खार्पुनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष चन्द्र रावल र प्रमुख आतिथ्य खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीको रहेको थियो ।

खार्पुनाथ कृषि शाखाको आयोजनामा संचालन भएको २ दिने स्याउ तथा ओखर खेती तालिममा सहभागी कृषकलाई सोही शाखाका नाप्रस हर्कविर रावतल डिल्ली बहादुर सार्की र सुर्य ऐडीले प्रशिक्षण गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९