राज शाही बिहिबार, पौष १९, २०८० मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा स्याउ तथा ओखर खेती सम्बन्धि तालीम संचालन भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा २ दिन सम्म संचालन भएको हो । कृषि शाखा ना प्र स हर्कविर रावतलका अनुसार स्याउ तथा ओखर उत्पादनका लागी काट छाँट,कलमी गर्ने तरकारी, विरुवा उत्पादन गर्ने तरिका, स्याउ तथा ओखरका विरुवा लगाउने तरिकाका बारेमा सिकाइएको बताएका छन् ।

तालिममा सहभागीलाई स्याउ तथा ओखर काटछाँट र कलमी गर्दा चाइ सामाग्री वितरण गरिएको रावतले बताएका छन् । कृषकलाइ वितरण गरिएका सामाग्रीमा करौती सिपर २ सेट कैची बडीङ चक्कु लगाएतका रहेका छन् । बुधबारबाट संचालन भइ आज विहिबार सम्पन्न भएको कार्यक्रमको अध्यक्ष खार्पुनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष चन्द्र रावल र प्रमुख आतिथ्य खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीको रहेको थियो ।

खार्पुनाथ कृषि शाखाको आयोजनामा संचालन भएको २ दिने स्याउ तथा ओखर खेती तालिममा सहभागी कृषकलाई सोही शाखाका नाप्रस हर्कविर रावतल डिल्ली बहादुर सार्की र सुर्य ऐडीले प्रशिक्षण गरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९