राज शाही आइतबार, पौष ०८, २०८० मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा कर्मचारी मिलन केन्द्रको साधारण सभा सम्पन्न भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लामा सोही साधारण सभाले सरिता बोहराको अध्यक्षतामा १३ सदसिय कर्मचारी मिलन केन्द्र कार्यसमिति गठन गरिएको हो । निवर्तमान कर्मचारी मिलन केन्द्रका अध्यक्ष डवले रावतको अध्यक्षता र कर्मचारी मिहलन केन्द्रका प्रमुख संरक्षक जिल्ला न्यायाधीश दिलप्रसाद सापको र संरक्षक प्रमुख जिल्ला अधिकारी विनोकुमार पोखरेल सँगै रानिवन गुल्मका गुल्मपती दिनेस खड्काको लगाएत सुरक्षा निकायका प्रमुखको उपस्थितमा उक्त साधारण भेला सम्पन्न भएको हो ।

सो भेलाले उपाध्यक्ष विषन रोकाया हुम्ला जिल्ला अदालत, सचिव नविन शाही पुर्वधार विकास कार्यालय, कोषाध्यक्ष अस्मनी कुमार देवकोटा नाम्खा गाउँपालिका, सह सचिव महेन्द्र रोकाया सिमकोट गाउँपालिका र सदस्यमा मिरा कोहार र सपना रानामगर जिल्ला अस्पताल, नर भण्डारी सिमकोट गाउँपालिका, सुन्तली रोकाया जिल्ला प्रशासन कार्यालय, गोविन्द शाही कृषि विकास कार्यालय, लक्ष्मी मगर राष्ट्रिय बाँणिज्य बैंक, रामदल रोकाया, रामदल रोकाया कृषी विकास कार्यालय र अम्मलाल पाण्डे कोष तथा लेखा नियन्त्रण कार्यालय रहेका छन् ।

शनिवर सर्व सहमतबाट १३ सदसिय कर्मचारी मिलन केन्द्र जिल्ला कार्यसमिति गठन गरिएको हो । कर्मचारी मिलन केन्द्रको कार्यसमितिमा चयन भएका पदाधिकारीले नियमित बैठक राखी नयाँ आउने कर्मचारीलाइ स्वागत तथा सरुवा भइ जाने कर्मचारीलाइ विद्याइका कार्यकम संचालन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताएका थिए । कर्मचारी मिलन केन्द्रले कर्मचारी हक हितका लागी आफ्ना आवाजहरु बुलन्द पार्नमा जोडदिनु पर्ने,कर्मचारीको हितका लागी कानूनले दिएका अधिकारहरुका लागी आफुले संधै साथ सहयोग दिने जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले बताएका थिए । वनभोजको आयोजना गरी उक्त साधारण सभा संचालन सँगै नयाँ कार्यसमिति सर्वसहमतबाट चयन गरिएको थियो

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९