राज शाही शुक्रबार, मंसिर २९, २०८० मा प्रकाशित

रैथाने वालीको महत्व सम्बन्धी तथा परिकार विविधिकरण सम्बन्धी प्रयोगात्मक सेसन भएको छ । विहिबारबाट सुरु भइ सुक्रबार सम्म उक्त सेसन मानसरोवर माध्यामिक विद्यालयमा संचालन भएको थियो । उक्त विद्यालयमा अध्यनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई उक्त सेसन दिइएको हो । सिमकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा संचालन भएको तालिममा मानसरोवर माध्यामिक विद्यालयमा अध्ययनरत कृषि विषयका ३० जना विद्यार्थी लाइ सो सेसन गरिएको हो ।

सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकायाको अध्यक्षतामा संचालन भएको तालिममा पहिलो दिन रैथाने वाली सम्बन्धी, उत्पादन के कसरी गर्न सकिन्छ, रैथाने वालीको परिकार के कसरी बनाउने, यसको संरक्षण के कसरी गर्न सकिन्छ लगाएतका विषयमा सेसन संचालन गरिएको थियो । त्यसै गरी जिल्ला बाहिरबाट आतित खाध्य वस्तुलाई निरुत्साहित गरी स्थानिय उत्पादनको उपभोग गर्ने वानी बसाल्ने रहेको सिमकोट गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक विमला सिंहले बताएकी थिइन ।

पहिलो दिन संचालन भएको थेउरी कक्षाको दोश्रो दिन प्रयोगात्मक अभ्यास गरिएको प्राविधिक सिंहले बताएकी छन् । सो तालिमलाइ प्रशिक्षक कृषि शाखा प्रमुख नेत्रबहादुर शाही  र कृषि प्राविधिक सुसिला वली, चिन बोहरा र विमला सिंहले गरेका थिए । सुक्रबार एक कार्यक्रमको आयोजना गरी सोही गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शुवास आलेले समापन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९