राज शाही शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा राज्यबाट सहुलियत सेवामा नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने चामल र नुन हाल विभिन्न संचारमाध्यमबाट आबश्यकता अनुसार चामल ढुवानी नहुदा गोदाम रित्तिएको भन्ने समाचारहरु प्रसारण भइरहेका छन् । संचार माध्यमका अनुसार समयमा ढुवानी हुन नसकेको भन्ने जस्ता समाचार प्रकाशन भएको छ । नेपाल सरकारबाट ढुवानीको जिम्मेवारी पाएको सम्बन्धि निकाय (ठेकेदार) लाई समयमा चामल ढुवानी गर्न आग्रह गर्दछौं ।

नेपालको ७७ वटा जिल्ला मध्य एक त्यो जिल्ला हुम्ला हो । जो अहिले सम्म राष्ट्रिय सडक संजालले छोएको छैन । जहाँ निजि कम्पनीहरुको एक बोरा चामल ३० के. जिको मुल्य ४ हजार देखी ५ हजार सम्म पर्ने गर्दछ ।

नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई पनि खाध्यन्न  सकियो भनेर चिसो समयको घाम तापेर नबस्नु हुन अनुरोध गर्दछौं ।  चामल ढुवानीमा किन ढिलासुस्त भएको हो । यसको छानबिन गरि ठेक्का पाएको कम्पनीलाई छिटो भन्दा छिटो ढुवानी गराउन हुन अनुरोध गर्दछौं ।

अनन्त यो समस्यको जिम्मेवारी नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुनु पर्नेछ । किन भने सर्वसाधरण नगरिकको खाद्यन्न ढुवानीमा लापरबाही गर्ने कस्तो खालको ठेकेदारलाई ढुवानीको जिम्मेवारी दिनु भएको हो  प्रश्न नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई हुनेछ ।  त्यसैले खाद्यन्न ढुवानी यथाशीघ्र गरि नागरिकलाई समयमा चामल उपलब्ध गराउन हुन हार्दिक अपिल गर्दछौ ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९