राज शाही शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

हुम्ला जिल्लामा राज्यबाट सहुलियत सेवामा नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले उपलब्ध गराउने चामल र नुन हाल विभिन्न संचारमाध्यमबाट आबश्यकता अनुसार चामल ढुवानी नहुदा गोदाम रित्तिएको भन्ने समाचारहरु प्रसारण भइरहेका छन् । संचार माध्यमका अनुसार समयमा ढुवानी हुन नसकेको भन्ने जस्ता समाचार प्रकाशन भएको छ । नेपाल सरकारबाट ढुवानीको जिम्मेवारी पाएको सम्बन्धि निकाय (ठेकेदार) लाई समयमा चामल ढुवानी गर्न आग्रह गर्दछौं ।

नेपालको ७७ वटा जिल्ला मध्य एक त्यो जिल्ला हुम्ला हो । जो अहिले सम्म राष्ट्रिय सडक संजालले छोएको छैन । जहाँ निजि कम्पनीहरुको एक बोरा चामल ३० के. जिको मुल्य ४ हजार देखी ५ हजार सम्म पर्ने गर्दछ ।

नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई पनि खाध्यन्न  सकियो भनेर चिसो समयको घाम तापेर नबस्नु हुन अनुरोध गर्दछौं ।  चामल ढुवानीमा किन ढिलासुस्त भएको हो । यसको छानबिन गरि ठेक्का पाएको कम्पनीलाई छिटो भन्दा छिटो ढुवानी गराउन हुन अनुरोध गर्दछौं ।

अनन्त यो समस्यको जिम्मेवारी नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुनु पर्नेछ । किन भने सर्वसाधरण नगरिकको खाद्यन्न ढुवानीमा लापरबाही गर्ने कस्तो खालको ठेकेदारलाई ढुवानीको जिम्मेवारी दिनु भएको हो  प्रश्न नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई हुनेछ ।  त्यसैले खाद्यन्न ढुवानी यथाशीघ्र गरि नागरिकलाई समयमा चामल उपलब्ध गराउन हुन हार्दिक अपिल गर्दछौ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९