राज शाही मंगलबार, मंसिर १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा २० औ महिला सामुदायीक स्वास्थ्य स्वयम सेविका दिवस भव्यरुपमा मनाइएको छ । स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ यो दिवस हुम्ला जिल्लाका ७ वटै गाउँपालिकामा भव्यरुपले मनाइएको हो। केही गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मी बीच अन्तरक्रिया र उनीहरुको हकहितका विषयमा छलफल गरी मनाइएको जानकारी प्राप्त भएको छ ।

सिमकोट गाउँपालिकामा रहेका स्वास्थ्य चौकीले आफ्नो मातहतका टोल वस्तीमा र्याली तथा जनचेतनामुलक सन्देश सहित परिक्रमा गरी यो दिवस मनाएका छन् । सिमकोट गाउँपालिका वडा नं ५ र ६मा सिमकोट गाउँपालिकाको आयोजना र जिल्ला स्वास्थ्य सेवा कार्यालयको सहकार्यमा मानसरोवर होटलबाट र्याली निकाली जिल्ला अस्पताल र जिल्ला अस्पताल हुँदै बजार परिक्रममा गरी पुन मानसरोवर होटलमा पुगी औपचारी कार्यक्रम संचालन गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताएका छन् ।

दिवसका अवसरमा सिमकोट गाउँपालिकाले महिला सामुदायीक स्वास्थ्य स्वयम सेविकाले गर्नु पर्ने कामहरु मध्य उत्कृष्ट काम गर्ने महिला स्वयम सेविकालाइ पुरस्कृत गरेको छ । जसमा डाँडाफया स्वास्थ्य चौकी अन्तरगत रिता सिंह, सिमकोट स्वास्थ्य चौकीबाट सरस्वती रावत वरगाउँ स्वास्थ्य चौकीबाट छिरिङ होसाल लामा ठेहे स्वास्थ्य चौकीबाट ललिता लामा र स्याडा स्वास्थ्य चौकीबाट पनि एक जना महिला स्वास्थ्य स्वयम सेविकालाइ समानित गरेको संयोजक भण्डारीले बताएका छन् । यस अघि सिमकोट गाउँपालिकाले सम्मानित हुनका लागी महिला सामुदायी स्वास्थ्य सयम सेविकाले गर्नु पर्ने कामको माप दण्ड तोकेको थियो ।

जसमा मासिक प्रतिवेदन स्वास्थ्य चौकीलाई बुझाउनु पर्ने, आमा समुहको नियमित बैठक राख्नु पर्ने, गर्भवति सुत्केरी जाँच नियमित स्वास्थ्य संस्थामा गराउनको लागी उल्लेखनिय भुमिका खेलेको हुनु पर्ने, बाल स्वास्थ्यका काममा अग्रणी भुमिका खेलेको हुनु पर्ने लगाएतका रहेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक भण्डारीले  बताएका छन् ।

 

नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन तथा उच्च सम्मान प्रदान गर्दै सरकारद्वारा  अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५) लाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९