राज शाही आइतबार, मंसिर १७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।

यसै अवसरमा अपाङ्गहरु प्रति लक्षित गरी न्यानो कपडा वितरण गरिएको छ । वितरण खार्पुनाथ गाउँपालिका वडा नं ५ को ढुवानी आर्थिक सहयोग सँगै वडा अध्यक्ष भरतजंग शाहीको पहलमा उक्त कपडा वितरण गरिएको हो । त्यसै गरी कपडा खरिदमा रोटरी कलवको आर्थिक सहयोग रहेको हो ।  वितरण गरिएका सामाग्रीहरुमा जाकेट, जुता, मोजा र पाल रहेका छन् ।  खार्पुनाथ गाउँपालिकामा रहेका ५ वटै वडाका ६० जना अपाङ्गलाई लक्षित गरी सो कपडा र पाल वितरण गरिएको खार्पुनाथ गाउँपालिका प्रवक्ता भरतजंग शाहीले बताएका छन् । जसमा खार्पुनाथ गाउँपालिका वडा नं १ मा १२ थान, वडा नं २ थाली ९ थान, वडा नं ३ रायामा ९ थान, वडा नं ४ छिप्रामा १३ थान र वडा नं ५ मा १२ थानका दरले वितरण गरिएको जानकारी प्राप्त भएको छ । अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पारी एक कार्यक्रमको आयोजना गरी खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको हातबाट उक्त सामाग्री वितरण गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो ।वडा अध्यक्ष भरतजंग शाहीले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने उल्लेख गरेका छन्  ।

सम्बन्धित

ताजा अपडेट
२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन
प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९