राज शाही बिहिबार, मंसिर १४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा बाढी पहिरो पीडितलाई राहत स्वरुप चामल वितरण गरिएको छ ।कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही र अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको पहलमा करिव १० लाख बराबरको राहत खाध्यन्न वितरण कार्य सुरु भएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालयको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका वडा नं २को फडेरा बाडा र ३को बुढा गाउँमा वितरण गरिएको हाम्रा स्थानिय संवाददाता राम बुढाले बताएका छन् । वुढाका अनुसार उक्त गाउँपालिका भरि ५ सय ७२ घर धुरी रहेकोमा विहिवार १ सय ५७ घरधुरीलाई ३० केजीको १ कट्टा चामल राहतस्वरुप वितरण गरिएको बताएका छन् ।

उक्त गाउँपालिकाका सम्पुर्ण वडामा राहत स्वरुपको खाध्यन्न वितरण गर्दै जाने बुढाले बताएका छन् । नेपाली काँग्रेस अदानचुली गाउँपालिका सभापति विष्णु भण्डारीको हातबाट विहिवार १ सय ५७ घरधुरीलाई खाध्यन्न वितरण गरेको र अन्य वडालाई क्रमस वितरण गरीने जानकारी प्राप्त भएको छ । गत भाद्र महिनामा अदानचुलीको कालागाड देखि तलको खेबारीमा लगाएको कार्तिकेवालीमा बाढी पहिरोले ठुलो क्षेती पुर्याएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९