राज शाही बिहिबार, मंसिर १४, २०८० मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा बाढी पहिरो पीडितलाई राहत स्वरुप चामल वितरण गरिएको छ ।कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही र अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको पहलमा करिव १० लाख बराबरको राहत खाध्यन्न वितरण कार्य सुरु भएको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्यालयको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका वडा नं २को फडेरा बाडा र ३को बुढा गाउँमा वितरण गरिएको हाम्रा स्थानिय संवाददाता राम बुढाले बताएका छन् । वुढाका अनुसार उक्त गाउँपालिका भरि ५ सय ७२ घर धुरी रहेकोमा विहिवार १ सय ५७ घरधुरीलाई ३० केजीको १ कट्टा चामल राहतस्वरुप वितरण गरिएको बताएका छन् ।

उक्त गाउँपालिकाका सम्पुर्ण वडामा राहत स्वरुपको खाध्यन्न वितरण गर्दै जाने बुढाले बताएका छन् । नेपाली काँग्रेस अदानचुली गाउँपालिका सभापति विष्णु भण्डारीको हातबाट विहिवार १ सय ५७ घरधुरीलाई खाध्यन्न वितरण गरेको र अन्य वडालाई क्रमस वितरण गरीने जानकारी प्राप्त भएको छ । गत भाद्र महिनामा अदानचुलीको कालागाड देखि तलको खेबारीमा लगाएको कार्तिकेवालीमा बाढी पहिरोले ठुलो क्षेती पुर्याएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९