राज शाही शुक्रबार, मंसिर ०१, २०८० मा प्रकाशित

हुम्लाको एक गाउँपालिकामा गर्भवती महिलाको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई सहज होस् भनी गर्भवती महिलाको घरमा निलो झण्डा गाडने काम गरिएको छ।जिल्लाको सिमकोट गाउँपालिका वडा नं १ देखि ८  नं वडा भरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको घरमा पहिचानका लागि निलो झण्डा गाड्ने कार्य भएको  सिमकोट गाउँपालिका स्वास्थ्य सह संयोजक वसन्ती रावतले बताएकी छन् । सिमकोट गाउँपालिका भरीमा १ सय १० जनी महिला गर्भवती भएको र १ सय १० जनी गर्भवति महिलाको पहिचानका लागी निलो झण्डा गाड्ने कार्य पुरा भएको सह संयोजक रावतले बताएकी छन् ।

त्यसै गरी सिमकोट गाउँपालिका वडा नं १ देखि ८  नं वडा सम्मका कडा कुपोषण र मध्यम कुपोषणको पनि पहिचान गरीएको रावतले बताएकी छन् । सिमकोट गाउँपालिका भरि मध्यम कुपोषण भएका व्यक्तीहरु १४ जना रहेको र तिनीहरुको पहिचानका लागी पंहेलो झण्डा गाडिएको र कडा कुपोषण ४ जना रहेको र उनीहरुको पहिचानका लागी रातो झण्डा गाडिएको सह संयोजक रावतले बताएकी छन ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखा अन्तरगतका स्वास्थ्य चौकी मातहतका टोल र वडा भरिमा कति जना गर्भवती रहेको छन्, त्यसको बारेमा सवैलाई जानकारी गराउनका लागि झण्डा गाड्ने कार्य गरिएको उनको भनाइ छ। गाउँपालिका स्वास्थ्य शाखाका  सह संयोजक रावतले घरपरिवारका सदस्यहरुबाट पनि गर्भवती महिलाको हेरचाह, रेखदेख र गर्भजाँच गराउनका लागि सबैले प्रेरित गराउनका लागि पनि यो झण्डा गाड्ने कार्य गरिएको बताइन। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकाका आठ वटै वडाका पाँच वटा स्वास्थ्य चौकीमा यो कार्यक्रम लागु गरिएको छ ।‍

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९