नन्द सिंह मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

हुम्ला
नाम्खा गाउँपालिका–५ को यारी र १ को धिँगा गाउँका स्थानीयले सिमकोट गाउँपालिका–७ साविको डाँडाफया गाविसका चारवटा वडाका मानिसहरूलाई कोभिड १९ का कारण चरिचरनमा वन्देज लगाएको भन्दै स्थानीयद्धारा माग सम्वोधनका लागि सदरमुकाम सिमकोट पुगेकाछन् ।
करिव दुई सय वर्षभन्दा अगाडिदेखि वर्षाको समय छ महिना लेखतिर र हिउँदको छ महिना औल अर्थात तातो ठाउँतिर पशुको चरिचरन गर्ने चलन अनुसार यो वर्ष पनि जेठ महिनाको दोस्रो हप्ता करिव तीन हजार पशुवस्तु उक्त चरन क्षेत्रतिर लिएर जाँदा सिमकोट गापा वडा नं ७ धारापोरी, चौगानफया र पाम्लाथुम गाउँका १ सय ६० घरधुरीका तीन हजारभन्दा धेरै पशुवस्तु अलपत्र परेको जानकारी धारापोरी गाउँका स्थानीय दिर्घबहादुर शाहीले दिएका छन् ।
ह्याङसी, टौवन, कगुवा र अन्य वनहरूमा सधैं झैँ पशुवस्तु लिएर जाँदा नाम्खा गाउँपालिका वडा नं ५ यारी गाउँका स्थानीयहरूले कोभिड १९ सर्ने डरले आवतजावतमा वन्देज लगाउँदा विच वाटोमा धारापोरी, चौगानफया र पाम्लाथुम गाउँका मानिस र पशुवस्तु दुई हप्तादेखि अलपत्र परेका छन् ।
पटक पटक नाम्खा गापा वडा ५ का वडा अध्यक्ष र अन्य स्थानीयहरुसँग समन्वय गर्दा समस्या समाधान नभएकाले उक्त तीन गाउँका एक सय ६० घरधुरीका मानिसहरू चरिचरनका लागि पहल गरि दिन ज्ञापनपत्र सहित सिमकोट गाउँपालिका, जिल्ला प्रसाशन कार्यालय र वन डिभिजन कार्यालय सिमकटमा पुगेका छन् ।
सिमकोट गाउँपालिका अध्यक्ष, नाम्खा गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग आवश्यक छलफल र समन्वय गरि उपयुक्त विकल्प निकाल्ने जानकारी वन डिभिजन प्रमुख निरझ झाले दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९