नन्द सिंह मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
नाम्खा गाउँपालिका–५ को यारी र १ को धिँगा गाउँका स्थानीयले सिमकोट गाउँपालिका–७ साविको डाँडाफया गाविसका चारवटा वडाका मानिसहरूलाई कोभिड १९ का कारण चरिचरनमा वन्देज लगाएको भन्दै स्थानीयद्धारा माग सम्वोधनका लागि सदरमुकाम सिमकोट पुगेकाछन् ।
करिव दुई सय वर्षभन्दा अगाडिदेखि वर्षाको समय छ महिना लेखतिर र हिउँदको छ महिना औल अर्थात तातो ठाउँतिर पशुको चरिचरन गर्ने चलन अनुसार यो वर्ष पनि जेठ महिनाको दोस्रो हप्ता करिव तीन हजार पशुवस्तु उक्त चरन क्षेत्रतिर लिएर जाँदा सिमकोट गापा वडा नं ७ धारापोरी, चौगानफया र पाम्लाथुम गाउँका १ सय ६० घरधुरीका तीन हजारभन्दा धेरै पशुवस्तु अलपत्र परेको जानकारी धारापोरी गाउँका स्थानीय दिर्घबहादुर शाहीले दिएका छन् ।
ह्याङसी, टौवन, कगुवा र अन्य वनहरूमा सधैं झैँ पशुवस्तु लिएर जाँदा नाम्खा गाउँपालिका वडा नं ५ यारी गाउँका स्थानीयहरूले कोभिड १९ सर्ने डरले आवतजावतमा वन्देज लगाउँदा विच वाटोमा धारापोरी, चौगानफया र पाम्लाथुम गाउँका मानिस र पशुवस्तु दुई हप्तादेखि अलपत्र परेका छन् ।
पटक पटक नाम्खा गापा वडा ५ का वडा अध्यक्ष र अन्य स्थानीयहरुसँग समन्वय गर्दा समस्या समाधान नभएकाले उक्त तीन गाउँका एक सय ६० घरधुरीका मानिसहरू चरिचरनका लागि पहल गरि दिन ज्ञापनपत्र सहित सिमकोट गाउँपालिका, जिल्ला प्रसाशन कार्यालय र वन डिभिजन कार्यालय सिमकटमा पुगेका छन् ।
सिमकोट गाउँपालिका अध्यक्ष, नाम्खा गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग आवश्यक छलफल र समन्वय गरि उपयुक्त विकल्प निकाल्ने जानकारी वन डिभिजन प्रमुख निरझ झाले दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९