राज शाही शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित

सामुदायीक भवनको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । उत्घाटन गरिएको सामुदायीक भवनमा कर्णाली प्रदेश हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा निर्माण भएको भवन रहेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाहीले उक्त भवनको व्यानर पढी, रिवन काटी उत्घाटन गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति कलास भण्डारी वसन्त रोकाया सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा नेपाली काँग्रेसका कोषाध्यक्ष वविता शाही विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाही नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत सिमकोट गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष वलविर शाही लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेशबाट विनियोजित बजेटमा सिमकोट गाउँपालिकाको कार्यन्वयबाट ३५ लाखमा निर्माण भएको सामुदायीक भवनको २ कोठा, फिल्ड निर्माण, घेरवार,सौचालय निर्माण लगायतको काम भएको देखिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतले बताएका छन् । कर्णाली प्रदेशबाट विनियोजित ३५ लाख मध्य १ लाख २० हजार फ्रिज गएको भए पनि काम हेर्दा गुणस्तरिय देखिएको अध्यक्ष रावतले बताएका छन ।

सोही निर्माण उपभोक्ता समितिका अध्यक्ष धनराज शाहीको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्रीको प्रमुख आतिथ्य रहेको उत्घाटन कार्यक्रममा सहभागी अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य दिएको जानकारी प्राप्त भएको छ । शुभकामना दिने व्यक्तित्वले निर्माण गरेर मात्र नहुने त्यसको सही सदुउपयोग सँगै संरक्षण गर्नु आवश्यक रहेको पनि शुझाव दिएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९