राज शाही मंगलबार, कार्तिक ०७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश सरकार पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीले बिजया दशमीको टिका सर्वसाधारणालाई लगाउने कार्य गरेका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहीले टिकाको साईत सुरुसंगै घरपरिवारका सदस्य र सर्वसाधारणहरुलाई दशैको टिका लगाई दिएका हुन । केही वर्षपछि पुर्बमुख्यमन्त्री शाहीले जिल्लामा दशै मनाउनुका साथै सर्वसाधारणलाई समेत टिका लगाउने कार्य गरेका हुन ।

बिहान टिकाको साईतबाट सुरु भएको टिका लगाउने कार्य बेलुकासम्म चलेको थियो । टिका लगाउने कार्यका साथै उनले आश्रीबाद र टिका लगाउने सबैलाई दक्षिणा पनि प्रदान गरेका थिए । उनीसंग घरपरिवारका सदस्यहरु जेठो छोरा, भाई, बुहारी, भतिजका साथै आफन्त र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु र अन्य सर्वसाधारणले पनि टिका लगाउने कार्य गरेका थिए । उनले सदरमुकाम सिमकोटस्थित आफ्नै घरमा दशैका टिका लगाउने कार्य गरेका हुन ।

यसअघि उनको दशै तिहार जिल्ला बाहिरै हुने भएकोले यस पटक शाही दशै अवधि भर जिल्ला मै बसेको र दशैको टिका समेत लगाउन पाएपछि काँग्रेस नेता तथा कार्यकर्ताहरु खुसी देखिएका छन् । संभवत पुर्बमुख्यमन्त्री शाहीले बुधबार खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा गाउँमा रहनु भएका नब्बे वर्ष उमेर कटेका मामासंग टिका लगाउन त्यसतर्फ जाने कार्यक्रम रहेको छ .

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९