राज शाही मंगलबार, कार्तिक ०७, २०८० मा प्रकाशित

कर्णाली प्रदेश सरकार पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीले बिजया दशमीको टिका सर्वसाधारणालाई लगाउने कार्य गरेका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहीले टिकाको साईत सुरुसंगै घरपरिवारका सदस्य र सर्वसाधारणहरुलाई दशैको टिका लगाई दिएका हुन । केही वर्षपछि पुर्बमुख्यमन्त्री शाहीले जिल्लामा दशै मनाउनुका साथै सर्वसाधारणलाई समेत टिका लगाउने कार्य गरेका हुन ।

बिहान टिकाको साईतबाट सुरु भएको टिका लगाउने कार्य बेलुकासम्म चलेको थियो । टिका लगाउने कार्यका साथै उनले आश्रीबाद र टिका लगाउने सबैलाई दक्षिणा पनि प्रदान गरेका थिए । उनीसंग घरपरिवारका सदस्यहरु जेठो छोरा, भाई, बुहारी, भतिजका साथै आफन्त र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु र अन्य सर्वसाधारणले पनि टिका लगाउने कार्य गरेका थिए । उनले सदरमुकाम सिमकोटस्थित आफ्नै घरमा दशैका टिका लगाउने कार्य गरेका हुन ।

यसअघि उनको दशै तिहार जिल्ला बाहिरै हुने भएकोले यस पटक शाही दशै अवधि भर जिल्ला मै बसेको र दशैको टिका समेत लगाउन पाएपछि काँग्रेस नेता तथा कार्यकर्ताहरु खुसी देखिएका छन् । संभवत पुर्बमुख्यमन्त्री शाहीले बुधबार खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा गाउँमा रहनु भएका नब्बे वर्ष उमेर कटेका मामासंग टिका लगाउन त्यसतर्फ जाने कार्यक्रम रहेको छ .

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९