राज शाही आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित

जिल्लामै सर्वाधिक पुरस्कार राशीको दोस्रो जिल्ला स्तरीय गौरी साँया भलिवल कप प्रतियोगिता कात्तिक १० गतेबाट हुने भएको छ । प्रतियोगिता पुरुष तथा महिलाहरुबिच छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ ।  रोयल गौरी साँया युवा क्लबका सचिब कबिन्द्र शाहीले दोस्रो गौरी साँया भलिवल कप कात्तिक १० गतेदेखि १५ गतेसम्म सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डका झापुकुना खेल मैदानमा सञ्चालन हुने बताएका ।

प्रतियोगितामा जिल्ला भरिका खेलाडीहरुले भाग लिन पाउने बताउदै उनले टिम दर्ता कार्य असोज ३० गतेवाट सुरु भएर कातिक ९ गतेसम्म हुने बताएका हुन । प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितीया र तृतीया हुने टिमले क्रमश एक लाख ११ हजार १११, ५५ हजार ५५५, ३३ हजार ३३३ रुपियाँ नगद प्राप्त गर्नेछन् । त्यसैगरि महिलातर्फ प्रथम हुनेले ३३ हजार ३३३, द्धितीया हुनेले २२ हजार २२२ र तृतीया हुनेले ११ हजार १११ रुपियाँ नगद प्राप्त गर्नेछन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९