राज शाही शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित

नेपाली काँग्रेस शुभेच्छुक संस्थाको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा शुभकामना आदान प्रर्दान गरिएको छ । कर्णाली प्रदेश हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोटमा गरिएको हो । ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष राजन रावतको अध्यक्षता र नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य एव कर्णाली प्रदेश निवर्तमान मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रर्दान कार्यक्रम विजय होटलमा संचालन भएको हो ।

नेपाली काँग्रेसका जिल्ला कार्य समितिका पदाधिकारी, प्रदेश पदाधिकारी, भातृ तथा भगेनि र शुभेच्छुक संस्थाका पदाधिकारीको उपस्थित रहेको कार्यक्रममा नेपाली काँग्रेस सँगै हुम्ला बासीमा धनि र गरिवको खाडललाई समनता गर्ने एक मात्र पार्टी नेपाली काँग्रेस भएको, नेपालमा जे जति परिवर्तन भएका छन् ति सबै नेपाली काँग्रेसको नेतृत्वमा भएको कर्णाली प्रदेश सदस्य जिवनबहादुर शाहीले बताएका छन् । २००७ साल, १० वर्ष जनयुद्धलाई सान्ती प्रक्रियामा ल्याउन, संविधान निर्माण र कार्यान्वयनको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको पुर्व मुख्य मन्त्री शाहीले बताएका छन् ।

हुम्लामा नेपाली काँग्रेसलाई मजवुद बनाउने तँपाइ हामी सबैको हात भएकाले आ आफ्नो तह तप्काबाट लाग्नु पर्ने र कोही कसैको अफवा, भ्रममा नपरी, लोप, लालच नगरी नेपाली काँग्रेस प्रति बफदार हुनु पर्ने पनि शाहीले बताएका छन् । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई राम्रो बनाउदा हुम्ला जिल्लाको नाम रहने भएकाले र हुम्ला जिल्ला कै राम्रो प्रभाव बाहिर पर्ने भएकाले सदरमुकामको विकास, बाटो, विजुली, टाउन पलानिङका लागी आवश्यक पर्ने वजेटको व्यवस्थाका लागी हरदम आफु लागी पर्ने नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य शाहीले बताएका छन् । हामीले सामाजिक न्यायका लागी गरिवको रेखा मुनी रहेका जनताको पहुँचका लागी नेपाली काँग्रेसजन जो जहाँ रहन्छ त्यहाँबाट सहयोग गर्नु पर्ने पनि धारणा शाहीले सोही शुभकामना मन्तव्यमा  व्यक्त गरेका थिए ।

हुम्ला जिल्लामा जो सुकै एक ठाउँमा भए पनि नेपाली काँग्रेसको विजयी गराउनका लागी नेपाली काँग्रेस जन इमान्दारी हुनु पर्ने, सबै पार्टी एक हुँदा पनि नेपाली काँग्रेसलाई हुम्लामा पारस्त गर्न नसकेपछि अहिले नेपाली काँग्रेस भित्रै फुटको खेल भइ रहेकाले तेस तर्फ नेपाली काँग्रेसजन सचेत हुन पनि पुर्व मुख्य मन्त्री शाहीले बताएका छन् ।

सो शुभकामना आदान प्रर्दान कार्यक्रमा कर्णाली प्रदेश नेपाली काँग्रेस सदस्य जयपति रोकाया पार्टी उपसभापति बसन्त रोकाया नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया लगाएतको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९