राज शाही बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

दशैं र तिहारको विदामा स्वास्थ्य संस्था खुल्ला रहने भएका छन् । यस वर्ष दशैं र तिहारमा ५।५ दिन सार्वजनिक विदा परेको छ । उक्त अवधिमा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको विहिवारको बैठकले निर्णय गरेको नर्सिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् ।

विहिवार सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको बैठकले आफ्नो गाउँपालिका भित्रका स्वास्थ्य चौकीबाट दशैं र तिहारका ५ ।५ दिनमा ओपिडी र आकस्मिक सेवा प्रवाह गर्ने र सामुदायीक र आधारभुत स्वास्थ्य सेवा केन्द्रले आकास्मिक सेवा प्रवाह गर्ने निर्णय गरेको नर्सिङ स्टाप वली शाहीले बताएकी छन् । स्वास्थ्य संस्थाहरु २४ सै घण्टा खुल्ला राख्ने निर्णय पनि गरेको छ ।

सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थित रहेको बैठकले आ आफ्नो स्वास्थ्य संस्थामा रहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई बैठकमा बोलाइ आमा समुह मार्फत गर्भवति पहिचानका लागी निलो झण्डा, मध्यम कुपोषणका पहिचानका लागी पंहेलो झण्डा र सिघ्र कुपोषण पहिचानका लागी रातो झण्डा झुण्डाउने विषयमा छलफल गरी निर्णय भएको नर्सिङ स्टाप शाहीले बताएकी छन् । बच्चा सँग सँगै आमा पनि कुपोषित देखिएकाले आमा र वच्चाको कुपोषण पहिचानका लागी घर घरमा झण्डा झुण्डाउने समेतको निर्णय गरिएको जानकारी प्राप्त भएको छ ।

दशैं र तिहारको ५।५ दिनको विदाको समयमा यस अघि सिमकोट गाउँपालिकाले कर्मचारी खटन पटनको निर्णय गरि सकेकाले स्वास्थ्य संस्थाले पनि सोही अनुसार कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको पनि खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९