राज शाही मंगलबार, आश्विन ३०, २०८० मा प्रकाशित

हुम्ला जिल्लाको उत्तरी सिमाना कीटको पिल्लर न ८ (१), पिल्लर न ५ (१),  पिल्लर न ६ (१) ,  हिल्साको पिल्लर न ९ (२)  सहित लाप्चा अबलोकन गरीएको छ ।

उक्त अवलोकन  नेपाली काङ्ग्रेस पुर्ब उपसभापति तथा पुर्ब गृहमन्त्री  बिमलेन्द्र निधि,  नेपाली काङ्ग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पुर्ब मुख्यमन्त्री  जीवन बहादुर शाही र नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा संघीय माननीय सीता कुमारी राना, नेपाल निजामती कर्मचारी युनियनका पुर्ब केन्द्रिय अध्यक्ष  खिल राज रेग्मी, धादिङ जिल्ला उपसभापति अर्जुन थापा, कान्तिपुर टि भि जर्नलिस्ट कुल चन्द्र वाग्ले लगायत नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति, उपसभापति , कार्यसमिति सदस्य , जन प्रतिनिधि , भातृ संघ संगठन प्रमुख तथा प्रतिनिधि  लगायतको टोलिले छिमेकी राष्ट्र चीन र नेपालको सिमाना  हुम्ला जिल्लाको हिल्सा ,  किट र लाप्चा  अनुगमन तथा अबलोकन गरेका छन् ।

केहि बर्ष अगाडि चीन सरकारले नेपाली भुमि मिचेर पिल्लर न ६(१) को भन्दा दुई मिटर नेपाली भुमि तिर काँडे तार लगाएको थियो । सो तार कर्णाली प्रदेशका पुर्ब मुख्यमन्त्री जीवन बहादुर शाहीको सिङ्गल अडान तथा पहल र नेपाल सशस्त्र  प्रहरी बलको बहादुरी हिक्मतका साथ अहिले हटाइएको कर्णाली प्रदेश पुर्व मुख्यमन्त्रीका स्वगीय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९