राज शाही बिहिबार, आश्विन २५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

खार्पुनाथ गाउँपालिका स्तरिय राष्टपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ५ वटा माध्यामिक विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा १ सय १९ जना छात्र छात्राको सहभागिता रहेको छ । २६ विद्यामा खेल संचालन हुने प्रतियोगितामा ६२ छात्रा र ५७ छात्रले भाग लिएका हुन । जसमा भलिवल, २ सय, ८ सय मिटर दौड, सटफुल, हाइ जम, लम्जम, लगाएतका खेलहरुमा ५ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने खार्पुनाथ गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख ललित जंग शाहीले बताएका छन् । बुधबार पहिलो दिन भलिवलका खेलहरु भएका छन् ।

छात्र तर्फ संकर माध्यामिक विद्यालय भर्सेस सिता माध्यामिक विद्यालय विद्यालय बीच भएको भलिवल खेलमा सिता माध्यामिक विद्यालयले जित हात पारेको छ । त्यसै गरी हुम्ला माध्यामिक विद्यालय भर्सेस मान्धारा माध्यामिक विद्यालय बीच भएको भलिवल खेलमा हुम्ला माध्यामिक विद्यालयले जित हात पारेको छ । सोही अनुसार छात्रा तर्फ संकर माध्यामिक विद्यालय भर्सेस मान्धारा माध्यामिक विद्यालय बीच भएको भलिवल खेलमा  मान्धारा माध्यामिक विद्यालयले जित हात पारेको छ ।

हुम्ला माध्यामिक विद्यालय राया आयोजक रहेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संचालनका लागी आयोजक विद्यालयलाई गाउँपालिकाले २ लाख ५० हजार र अन्य सहभागी विद्यालयलाई ५०।५० हजार आर्थिक सहयोग गरेको प्रमुख शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं २का वडा अध्यक्ष चन्द्र रावलको अध्यक्षता र सोही गाउँपालिका अध्यक्ष कर्ण रावलको प्रमुख आतिथ्यमा संचालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सिता माध्यामिक विद्यालय छिप्रा, मान्धारा माध्यामिक विद्यालय भकुण्टा, मालिका माध्यामिक विद्यालय लाली, हुम्ला माध्यामिक विद्यालय राया र संकर माध्यामिक विद्यालय थालीले सहभागीता जनाएका छन् । गाउँपालिका स्तरवाट राष्ट्रपति रनिङसिलमा छनौट भएका खेलाडीले मंसिर १४ गते हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्डमा भाग लिन पाउने भएका हुन ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९