राज शाही मंगलबार, आश्विन २३, २०८० मा प्रकाशित

नाम्खा गाउँपालिका– ५ हिल्साबाट सदरमुकाम सिमकोटतर्फ आउदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाईते हुनु भएको छ । सामान लोड भएको ट्याक्टरको ट्रलीमा बसेर आउनु भएका यात्रुहरु दुर्घटनामा परि घाईते हुनु भएको हो ।प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जिल्लाको हिल्साबाट सामान लोड भएको ट्याक्टर सदरमुकाम सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना भएको बताउनुभयो ।

मंगलबार हिल्साबाट सामान लो भएर सिमकोटतर्फ आउँदै गरेकोे लु ४ त ७३२६ नम्वरको ट्याक्टर अपरान्ह तीन बजेर चालीस मिनेटमा दुर्घटना भएको हो । ट्याक्टर सिमकोट गाउँपालिका – ७ को पानी नाउलाको उकालोमा दुर्घटना भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा परि घाईते हुनेमा सिमकोट गाउँपालिका– ७ का ३७ वर्षका काली बहादुर सुनार, २७ वर्षका लोकमणि सुनार, ३८ वर्षका जयमल सुनार, २६ वर्षका बखिल सुनार र २७ वर्षका गणेश सुनार रहनु भएको छ । घाईते मध्य काली बहादुर, लोकणी र जयमल सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्यक्टरको पछिल्लो भागको ट्रलिमा सामान सहित पाँच जना सवार रहेका थिए । चालक नबिन सिजालीलाई भने केही भएको छैन । पछाडीको ट्रलि पल्टिदा पाँच जना सवार घाइते भएको र घाइतेको उद्धार गरि हाल सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा ल्याउने कार्य भई रहेको प्रहरीले जनाएको छ । घटनाको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९