राज शाही मंगलबार, आश्विन २३, २०८० मा प्रकाशित

हुम्ला जिल्लाका कृषक कृषि पशु पालन तथा जडीवुटी फर्ममा व्यवसायीक हुन थालेका छन् । यस अघि आफुले खाने र आफ्ना आफन्तहरुलाई दिनका लागी मात्र लगाइने फलफुलका बोटहरु अहिले व्यवसायीक ढंगले कृषक लाग्न थालेका छन् । हिमाली जिल्ला हुम्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयले फलफुल तथा पशु पालनमा आत्म निर्भर गराउनका लागी लगानी गर्न थालेपछि किसान व्यक्तिगत तथा सामुहिकरुपमा जग्गा भाडमा लिइ वा निजी जग्गालाई प्रयोग गरि कृषि फर्म गर्न थालेका छन् ।

हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं २ मा स्थापित देवकोटा कृषि पशुपालन तथा जडिवुटी फर्मको व्यवस्थापन गरी २ सय वटा ओखरका बोटहरु लगाएको र ति वोटहरुले फल दिन थालेको कृषक दिल देवकोटाले बताएका छन् । लगानी अनुसारको आम्दानी राम्रै भएको देवकोटाले बताएका छन् । नितान्त व्यक्तिगत लगानीमा २० वोटबाट सुरु गरिएको उक्त फर्ममा अहिले २ सय ओखरका बोट पुगेको बताएका छन् ।

घेरवारलाई व्यवस्थित गर्न नसक्दा पशु वस्तुले खाइ नोक्सानी गर्दा केही घाटा वेहोर्नु परेको देवकोटाले बताएका छन् । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयले कृषिमा लगानी गर्दा कागजी प्रक्रियालाई मात्र नहेरी बास्तविक फिल्डमा पुगी बगैचा हेरी अनुदान दिनु पर्ने देवकोटाले बताएका छन् । करिव १८ रोपनी जग्गामा लगाइएका ओखरको बजार राम्रो रहेको र उत्पादन गर्न सकेको खण्डमा जिल्ला बाहिर पठाउन पनि सकिने र फर्म नजिकै सवारी साधन समेत पुगेकाले बजारको अभाव नभएको प्रोपराइटर दिल प्रसाद देवकोटाले बताएका छन् । उक्त फर्म २०७६ सालमा स्थापना भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९