राज शाही बुधबार, आश्विन १०, २०८० मा प्रकाशित

नेपाल महिला संघको प्रदेश सभा कार्य समिति गठन गरिएको छ । नेपाली काँग्रेस भातृ संघ महिला संघ हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क मा उक्त समिति गठन गरिएको हो । नेपाली काँग्रेस प्रदेश क का सभापति मान्देव शाहीको अध्यक्षता र जिल्ला पार्टी सभापति मोहन विक्रम सिहको प्रमुख आतिथ्यमा उक्त कार्यसमिति गठन गरिएको हो ।

 

पवित्रा देवकोटाको अध्यक्षतामा २७ सदसिय प्रदेश कार्यसमिति गठन गरिएको सभापति शाहीले वताएका छन् । महिला संघ जिल्ला कार्यसमितिका अध्यक्ष शुसिला शाहको समेत उपस्थित रहेको उक्त बैठकले सर्केगाड गाउँपालिका वडा नं ४ साँयामा सारदा सिंहको अध्यक्षतामा २७ सदसिय महिला वडा इकाइ कार्यसमिति गठन गरिएको जानकारी प्राप्त भएको छ ।

नेपाली काँग्रेस प्रदेश क को नियमित वैठकमा महिला संघ प्रदेश कार्य सिमिति र वडाइकाइ समितिको तदर्थ समिति गठन भएका वडाहरुको नामवली घोषणा गरिएको थियो । नियमित बैठमा सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया नेपाली काँग्रेस प्रदेश क का भात्री तथा भगेनी संस्था र शुभेच्छुक संस्थाका प्रमुख एव प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९