राज शाही बुधबार, आश्विन ०३, २०८० मा प्रकाशित

जिल्ला मुक्त हलिया समाजको अध्यक्षमा सन्चारकर्मी सुरेश परियार सर्वसहमत चयन भएका छन्भ । रेडियो कर्णाली आवाजका लेखा प्रमुख, पत्रकार महासंघ हुम्लाका कोषाध्यक्ष र नेपाल चेक अनलाइनका प्रकासक रहेका  परियार जिल्ला मुक्त हलिाय समाजका अध्यक्षमा सर्वसहमतिका साथ चयन भएका छन ।

नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष पूरा भएको छ । यति लामो समयावधिमा पनि हजारौँ हलिया परिवारको सार्थक मुक्ति र समाजमा सम्मान जनक पुनस्थापन सहितको स्पष्ट चित्र कोरि सकेको छैन । कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेत गरी ३ जिल्लामा सदियौँ देखि दास प्रथाका रुपमा रहेकोले उक्त प्रथालाई निर्मुल पार्नका लागि सन्चारको क्षेत्रमा काम गर्दै आएका  परियारको नेतृत्वमा ११ सदसयी समिति गठन गरिएको उक्त समाजका केन्द्रिय उपाध्यक्ष पर्वत सुनारले बताएका छन।

गरिब परिवारलाई नाम मात्रको ऋण दिएर त्यस वापत पुस्तौँपुस्ता हलियाजस्तो अमानवीय श्रममा बस्न बाध्य पार्ने यस कुप्रथाको मारमा प्रायः भूमिहीन, अशिक्षित, गरिबी र अभावको दुष्चक्रमा पिल्सिएका दलित परिवारको आवाजलाई बुलन्द गर्नका लागि सो मुक्त हलिया समाज लागि पर्ने अध्यक्ष परियारले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९