राज शाही आइतबार, भाद्र १७, २०८० मा प्रकाशित

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ। श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत लाई प्रधान गरेको छ । पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधि, मगर, र लिम्बु गरी ८ भाषामा विशेष योगदान गरेका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा (२०८० कार्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। स्रष्टा सम्मान अभियानअन्तर्गत शान्ति समाजले स्रष्टाहरूलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो।

बालमन्दिर माध्यामिक विद्यालय  हुम्लाकी शिक्षक मधु बस्नेत शाहीले ( मधुश्री ) हुम्ला जिल्लामै बसेर चार वटा साहित्यीक कृति रचना गरेकी छन ।शिक्षण पेशा र घरयासी कामबाट बचाएको समयले साहित्यकार बस्नेतले यी कृति रचना गरेकी हुन । साहित्यकार बस्नेतले परिबेश र बाताबरण राम्रो नभएपनि हालसम्म चार वटा कृति रच्न सफल भएको बताएकी छन् । उनले रचना गरेका कृतिहरुमा कथा, कबिता र गजल सङ्ग्रह रहेका छन् । बिशेष गरि विद्यालयमा शिक्षण पेशाबाट बचेको समयलाई सदुपयोग गर्दै यी कृति तयार पारेकी हुन ।

उनको पहिलो कृति मधुमाधव कथा सङ्ग्रह रहेको छ भने उक्त सङ्ग्रहमा २१ वटा कथालाई समेटिएको छ । त्यसैगरि दोस्रो कबिता सङ्ग्रह बुनु रहेको छ । त्यसमा ४४ वटा कबितालाई समेटिएका छ । बस्नेतको तेस्रो साहित्यीक कृतिमा  तिमी र म गजल सङ्ग्रह रहेको छ । उक्त गजल सङ्ग्रहमा ५० वटा गजल समावेश छन् । उनको भरखरै प्रकाशित भएर बिमोचन  भएको गजल सङ्रग्रह सर्वनाम रहेको छ । यसमा ५६ वटा गजल सङ्ग्रहीत रहेका छन् । यी चार वटै कृतिमा बस्नेतले माया प्रेम, बिकृती, बिसंगतिलाई मुख्य बिषय बस्तु बनाएर तयार पारेकी छन ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९