शान्तिकुमारी सिंह शनिबार, भाद्र १६, २०८० मा प्रकाशित

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही हुम्लामा आइ पुग्नु भएको छ । मुख्य मन्त्री शाही शनिवार विहान १० वजे सुर्खेतबाट सिताएरको हवाइ जहाजमा हुम्ला आइ पुग्नु भएको हो । शाहीलाई हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ लगाएत सरकारी कार्यालयका कर्मचारी सँगै नेपाली काँग्रेस जनहरुले बाजागाजा सहित भव्यरुपमा स्वागत गरेका थिए ।

सिमकोट विमान स्थलबाट नेपाली काँग्रेसजन लगाएत सर्वसाधारणले नेपाली काँग्रेस जिन्दावाद, जिवनबहादुर शाही जिन्दावाद भन्दै मुख्य मन्त्री शाहीको निवास विजय होटल सम्म हर्स उल्लासको र्यालीका साथ पुगेका थिए । विजय होटलमा मुख्य मन्त्री शाही पुगे सँगै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको र्याली कोण सभामा परिणत भएको थियो । जसको अध्यक्षता नेपाली काँग्रेसका जिल्ला सभापति मोहन विक्रम सिहको र प्रमुख आतिथ्य नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीको रहेको थियो ।

कोण सभालाई सम्बोधन गर्दै पुर्व मुख्य मन्त्री शाहीले काँग्रेस जन्म देखि नै संघ्रस गर्दै आएको पार्टी हो, देश दुनियाले जे भनेपनि  आजका दिन सम्म नेपाली काँग्रेस हुम्लालाई आधार इलाका बनाउने हुम्ली जनता नै भएको, यति वेला हुम्ला जिल्लामा खेती पाती लगाउने तथा भित्राउने चटारोको बाबजुत पनि उल्लखनीय उपस्थिति भएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए । यहि भाद्र २१ गते हुने नेपाली काँग्रेसको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसको टिकटबाट विजयी जनप्रतिनिध, नेपाली काँग्रेसका वडा देखि गाउँपालिका प्रदेश हुँदै जिल्ला स्तरका नेता तथा कार्यकर्ता, भातृ तथा भगेनी संस्था र शुभेच्छुक संस्थाका पदाधिकारीहरुको अनिवार्य उपस्थित हुन पनि आग्रह गरेका गरेका थिए । अव काँग्रेसले सबै गठबन्धन एकातिर भए पनि एक्लो काँग्रेसले निर्वाचनमा विजय गराउने ढंगले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताएका थिए ।

सोही कोण सभालाइ सम्बन्धन गर्दै नेपाली काँग्रेस हुम्लाका सभापति मोहन विक्रम सिहले व्यक्तित्व र नेतृत्व संधै पाइने चीज नभएकाले यति वेला हुम्ला जिल्लाका लागी मात्र नभइ कर्णाली प्रदेश सँगै नेपाल सरकारका लागी उतीकै महत्व पुर्ण व्यक्ति पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही नै भएको  बताएका थिए ।

पुर्व मुख्य मन्त्री शाही सँग सामानुपातिक संसद विजया वुढा,  प्रदेश लोक सेवा आयोग सदस्य माननीय बसन्ती शाही , कर्णाली प्रदेश सदस्य कर्ण रावल, नेपाल तरुण दल केन्द्रिय सदस्य जीत बुढा ( क्षेत्री ),   लगायतका नेता तथा कार्यकर्ता हुम्ला आएका छन् । पुर्व मुख्य मन्त्री शाहीको स्वागत तथा सम्मानका लागी सिमकोट विमान स्थलमा करिव १ हजार भन्दा वढी नेता कार्यकर्ता सर्वसाधरणको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९