राज शाही शनिबार, भाद्र ०९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली वहिरा तथा बौदिक अपाङगता विद्यालयलाई पोषाक सहयोग गरिएको छ । उक्त सहयोग जयदेवि बालबिकास प्रतिष्ठानले गरेको हो । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित हिमाली बहिरा तथा बौधिक अपाङ्ग विद्यालयमा अध्ययनरत ५६ जना बालबालिकालाई विद्यालय पोषाक सहयोग गरिएको हो ।

सो विद्यालयमा अध्ययनरत ५६ जना मध्य २३ जनालाइ शनिवार एक कार्यक्रमको आयोजना गरी विद्यालय पोषाक उपलब्ध गराइएको र बाँकी २३ जनालाइ दशैंपछि उपलब्ध गराउने सोही प्रतिष्ठानका अध्यक्ष जयदेवी शाहीले बाचा गरेकी छन् ।

हाल अमेरिकाको टेक्ससमा बस्दै आइरहेका छोरा छोरी रोशन घिमिरे र रोशनी घिमिरेले आफ्नो सबै खर्च कटाइ बचेको रकमबाट यस्तै विद्यालयकालाई सहयोग गर्ने बाचा गरे बमोजिम उक्त पोषाक वितरण गरिएको हो । सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावतको अध्यक्षता र जयदेवि बालविकास प्रतिष्ठानका अध्यक्ष जयदेवि शाहीको प्रमुख आतिथ्यमा र साहरा समुह छात्राबासका कार्यकारी निर्देशक सुर्य पौडेलको उपस्थितमा उक्त पोषाक वितरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९