राज शाही शनिबार, भाद्र ०९, २०८० मा प्रकाशित

हिमाली वहिरा तथा बौदिक अपाङगता विद्यालयलाई पोषाक सहयोग गरिएको छ । उक्त सहयोग जयदेवि बालबिकास प्रतिष्ठानले गरेको हो । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा स्थापित हिमाली बहिरा तथा बौधिक अपाङ्ग विद्यालयमा अध्ययनरत ५६ जना बालबालिकालाई विद्यालय पोषाक सहयोग गरिएको हो ।

सो विद्यालयमा अध्ययनरत ५६ जना मध्य २३ जनालाइ शनिवार एक कार्यक्रमको आयोजना गरी विद्यालय पोषाक उपलब्ध गराइएको र बाँकी २३ जनालाइ दशैंपछि उपलब्ध गराउने सोही प्रतिष्ठानका अध्यक्ष जयदेवी शाहीले बाचा गरेकी छन् ।

हाल अमेरिकाको टेक्ससमा बस्दै आइरहेका छोरा छोरी रोशन घिमिरे र रोशनी घिमिरेले आफ्नो सबै खर्च कटाइ बचेको रकमबाट यस्तै विद्यालयकालाई सहयोग गर्ने बाचा गरे बमोजिम उक्त पोषाक वितरण गरिएको हो । सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावतको अध्यक्षता र जयदेवि बालविकास प्रतिष्ठानका अध्यक्ष जयदेवि शाहीको प्रमुख आतिथ्यमा र साहरा समुह छात्राबासका कार्यकारी निर्देशक सुर्य पौडेलको उपस्थितमा उक्त पोषाक वितरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९