राज शाही सोमबार, साउन २९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times
हुम्ला लगायत कर्णालीका केही जिल्लाहरुमा दिउँसो १२:०० बजे पछि हवाइ सेवा संचालन नगर्ने बिसयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री प्रदीप अधिकारीसंग छलफल गरिएको छ ।
हाल विभिन्न समाजिक संजालमा हुम्ला जिल्ला लगायत कर्णाली सहित २९ वटा बिमान स्थलमा दिउसो १२:०० बजे देखी हवाई सेवा संचालन नगर्ने विषयमा चर्को आलोचना र बिरोध भए पछि २९ गते हुम्ला जिल्ला खर्पुनाथ गाउँपलिका वडा न. ५ का अध्यक्ष भरत जंग शाही सिमिकोट गाउँपालिका वडा . २ का अध्यक्ष देब जंग बोहरा , नेपाल तरुण दलका केन्द्रिय सदस्य जित बुढा ( क्षेत्री ) , नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य नर बहादुर भण्डारी , नेबि. संघका युवा नेता शुबास शाही र नेपाल विद्यार्थी संघ हुम्ला – काठमाडौं सम्पर्क समिति अध्यक्ष अंग बहादुर सिंह ज्युले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक श्री प्रदीप अधिकारीस‌ग नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समितिको पहलमा ज्ञापनपत्र सहित छलफल गरिएको छ ।
महानिर्देशक प्रदीप अधिकारी ज्युका अनुसार हाल नेपालको मनसन सुरु भएको कारणले केही महिनाको लागि मात्र १२:०० बजे पछाडी मान्छे बोक्न नपाउने हो । हुम्ला लगायत कर्णालीका कुनै पनि जिल्लामा खाद्यन , औसधि , रेस्कु ( एमर्जेसी ) लगायत अन्य उडान भर्ने मिल्ने गरि ब्यबस्था गरेका छौं ।हाल नेपालगन्जमा भएको चाटर र सेडुल फलाइट हरुमा भएको बिकृती रोक्नको लागी यो निर्णय गरिएको हो ।
अबको केही समय पछि हुम्ला लगायत कर्णालीका जिल्लाहरु लक्षित विभिन्न सेवा सुबिधा सहित पहिला सौलियत फलाईट अनि अन्य फलाईट गर्ने तयारी गर्दै छौं ।
अन्ततमा : हाल नेपालको वायु सेवा क्षेत्र विभिन्न कारणले कालो सुचीमा परेको छ । उक्त कालोसुची हटाउन र नेपाल भित्र बिशेष गरि हुम्ला ,जुम्ला जस्तै पहाडी जिल्लाहरुमा धेरै संख्यामा बिमान संचालन गर्ने, नेपालगन्जमा हवाई टिकेटमा हुने कालो बजारी नियन्त्रण गर्नको लागि गरिएको निर्णय हो । यो अबको १/२ महिना भित्र सुरक्षीत यात्रा सहि हुम्ला लगायत कर्णालीमा सम्पुर्ण बिमनस्थलमा हवाइ सेवा सुचारु गर्ने छौं । हाललाई हामिलाई सहयोग गरिदिनुहोस । धेरै अनार्थ नलिनुहोला । नेपाल नागरिक उड्डयन प्राधिकरण संधै हुम्ली जनता र कर्णाली बासिको सुरक्षीत उडानमा प्रतिबद्ध छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९