राज शाही सोमबार, साउन २९, २०८० मा प्रकाशित

हुम्ला जिल्लामा हवाइ सेवा नियमित नहुदा खाध्य गोदाम रित्तिएको छ । अषाढ महिनाको पहिलो साता खाद्यन्न वितरण गरेको नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले साउन महिनाको वडा भाग कर्मचारीको कोटाको खाध्यन्न विक्रि वितरण गर्न सकेन । हवाइ उडान भएमा र पैदल मार्गबाट आएको सर्केगाडको स्याल्तडीको खाध्यन्न ढुवानी हुन सकेमा भदौ पहिलो हप्ता खाध्न वितरण गर्ने तयारी भएको भए पनि सिमकोटको खाध्य गोदाममा मौजात कम हुँदा वितरण गर्न नसकिएको हो । यति वेला सिमकोट खाध्य गोदाममा १ हजार ३ सय ९२ कुन्टल मौजात रहेको सोही संस्थाका नासु नविन आचार्यले बताएका छन् ।

पैदल मार्गबाट सर्केगाड गाउँपालिकाको स्यालतडी सम्म ढुवानी गरे पनि नागरिक उड्यान कार्यालयको नयाँ नियमका कारण हेलिकप्टरले उडान नभर्दा १ हजार ५ सय कुन्टल चामल स्यालतडीमा स्टक गरि राखिएको छ । सो चामल ढुवानी भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट गोदाममा मौजात हुने छ । अहिले गोदाममा भएको १ हजार ३ सय ९२ कुन्ट खाध्यन्न सेवाग्राहीलाई वितरण गर्न नसकिने नायव सुब्बा आचार्यले बताएका छन् ।

१ हजार ३ सय ९२ कुन्टल मौजात मध्य ५ सय कुन्टल दैविक प्रकोप, किरिया खर्चको लागी छुट्याउदा ८ सय ९२ कुन्टल मात्रै खाध्यन्न बितरण गर्न नसकिने नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९