राज शाही सोमबार, साउन २९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा हवाइ सेवा नियमित नहुदा खाध्य गोदाम रित्तिएको छ । अषाढ महिनाको पहिलो साता खाद्यन्न वितरण गरेको नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले साउन महिनाको वडा भाग कर्मचारीको कोटाको खाध्यन्न विक्रि वितरण गर्न सकेन । हवाइ उडान भएमा र पैदल मार्गबाट आएको सर्केगाडको स्याल्तडीको खाध्यन्न ढुवानी हुन सकेमा भदौ पहिलो हप्ता खाध्न वितरण गर्ने तयारी भएको भए पनि सिमकोटको खाध्य गोदाममा मौजात कम हुँदा वितरण गर्न नसकिएको हो । यति वेला सिमकोट खाध्य गोदाममा १ हजार ३ सय ९२ कुन्टल मौजात रहेको सोही संस्थाका नासु नविन आचार्यले बताएका छन् ।

पैदल मार्गबाट सर्केगाड गाउँपालिकाको स्यालतडी सम्म ढुवानी गरे पनि नागरिक उड्यान कार्यालयको नयाँ नियमका कारण हेलिकप्टरले उडान नभर्दा १ हजार ५ सय कुन्टल चामल स्यालतडीमा स्टक गरि राखिएको छ । सो चामल ढुवानी भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सिमकोट गोदाममा मौजात हुने छ । अहिले गोदाममा भएको १ हजार ३ सय ९२ कुन्ट खाध्यन्न सेवाग्राहीलाई वितरण गर्न नसकिने नायव सुब्बा आचार्यले बताएका छन् ।

१ हजार ३ सय ९२ कुन्टल मौजात मध्य ५ सय कुन्टल दैविक प्रकोप, किरिया खर्चको लागी छुट्याउदा ८ सय ९२ कुन्टल मात्रै खाध्यन्न बितरण गर्न नसकिने नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९