राज शाही बुधबार, साउन २४, २०८० मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीको संगठन परिचालन र सुदृढीकरणका लागि हुम्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यस अघि बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्म संचालन हुने अभियानका लागि पार्टीका केन्द्रीय नेताहरुलाई जिल्ला-जिल्लामा खटाएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभामा सदस्य नरहेका पार्टीका सहमहामन्त्रीहरु र केन्द्रीय सदस्यहरुलाई कांग्रेसले प्रतिनिधिकारुपमा ७७ वटै जिल्लामा परिचालन गरेको हो । खटिएका प्रतिनिधिहरुले सम्बन्धित जिल्लामा जाने र अभियान अन्तर्गतका गतिविधिमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

मौसमका कारण हुम्ला जिल्लाको उक्त कार्यक्रम २० गतेबाट संचालन हुने भनीए पनि मौसमका कारण हवाइ उडान सिमकोटका लागी हुन नसके पछि यो कार्यक्रम साउन २६ गतेका लागी सारीएको छ । यस अघि साउन २५ गते विहान ९ वजे खार्पुनाथ गाउँपालिकाको नल्लामा सो कार्यक्रम संचालन हुने नेपाली काँग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले बताएका छन् । सो कार्यक्रममा खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा भित्र रहेका गाउँ टोलमा पनि नेपाली काँग्रेस सेवा दल गठन हुने उपसभापति रोकायाले बताएका छन् ।

नेपाली काँग्रेसको आन्तरिक विशेष अभियानका लागी हुम्ला जिल्लामा नेपाली काँग्रेसका पुर्व आमन्त्री केन्द्रिय सदस्य एव नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द विष्ट र कर्णाली प्रदेश कार्यसमिति सदस्य कर्ण रावल हुम्ला जिल्लामा आउनु भएको छ । केन्द्रिय सदस्य र कर्णाली प्रदेश कार्य समिति सदस्य नेतृत्वको टोलीले २६ गते सिमकोट गाउँपालिका नेपाली काग्रेसको केन्द्रीय नीति अनुरुप नेपाली काँग्रेस आन्तरिक बिशेष अभियानका लागि हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा काँग्रेस आन्तरिक बिशेष अभियान कार्यक्रम संचालन हुने भएको हो ।

उक्त कार्यक्रमा जिल्ला कार्य समितिका सदस्यहरु, महासमिति सदस्यहरु, महाधिबेसन प्रतिनिधिहरु, प्रदेश क्षेत्र कार्य समितिका सदस्यहरु, प्रदेश महाधिबेसन प्रतिनिधिहरु, गाउंपालिका कार्य समितिका पदाधिकारीहरु, वडा कार्य समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु अध्यक्ष, उपाध्यक्ष, जिसस सदस्य र वडाध्यक्ष  भातृ संगठन तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरुको अनिबार्य उपस्थितिका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिले जानकारी गराएको छ  ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९