राम बुढा मंगलबार, साउन २३, २०८० मा प्रकाशित

आइरन तथा फोलिक एसिड वितरण गरिने भएको छ । १० वर्ष देखि १९ वर्ष सम्मका किसोरीहरुलाई साउन २५ गते आइरन तथा फोलिक एसिड वितरण गरिने भएको लौठी स्वास्थ्य चौकी कालिकाले जनाएको छ । उक्त वितरण कार्य कर्णाली प्रदेश हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नं ५ लौठी स्वास्थ्य चौकीले वितरण गर्न लागेको हो ।

उक्त स्वास्थ्य  संस्थाको कार्यक्षेत्र भित्र पर्ने विद्यालयका किसोरीहरुलाई आइरन तथा फोलिक एसिड वितरण गर्ने भएको हो । साउन २२ गते सोही स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक वसी क्षेत्राधिकार भित्रका विद्यालयमा पुगी  किसोरी अवस्थामा हुने परिवर्तन तथा राष्ट्रिय आइरन तथा फोलिक एसिड वितरण कार्यक्रमको बारेमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रम संचालन गरे सँगै साउन २५ गते आइरन वितरण गर्ने कार्यक्रम रहेको अदानचुली गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कमल छत्यालले बताएका छन् । सो स्वास्थ्य चौकीको कार्यक्षेत्र भित्र कैलापुरी माध्यामिक विद्यालय पाल्स, सर्केदेउ प्राथामिक विद्यालय लमही,  काँखे आधारभुत विद्यालय काँखे, सुपाखेत प्रथामिक विद्यालय बारिगाउँ,  हिमालचुली आधारभुत विद्यालय कर्गई, सल्लाघारी माध्यामिक विद्यालय लगाएत विद्यालय रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९