राज शाही सोमबार, साउन २२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा निर्वाचन आयोगद्धारा मान्यता प्राप्त राजनितिक दलका भातृ तथा शुभेछुक संस्थाहरु विस्तार हुने क्रम वढी रहेको छ । भातृ संगठनहरु गाउँमा विस्तार गरेसँगै यीनका संगठनिक गतिविधिहरु हुम्ला जिल्लाका गाउँ गाउँ र विद्यालयहरुमा संचालन हुने गरेका छन् ।

यसै बीच नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनले हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र क को २ वटा माध्यामिक विद्यालयमा आफ्नो संगठन विस्तार सँगै सदस्यता वितरण गरेको छ । सोही संगठनका केन्द्रिय सदस्य छक्क लामाका अनुसार सोमबार सर्केगाड गाउँपालिकामा स्थापित हिमज्योती माध्यामिक विद्यालयमा अनेरास्ववियु गठन संगै सदस्यता वितरण गरेका बताएका छन् ।

राकेश रावलको अध्यक्षतामा ३५ सदसिय माध्यामिक विद्यालय स्तरिय कमिटि गठन गरिएको छ । जसमा उपाध्यक्ष अस्मिता विक सचिव मंगल साउद कोषाध्यक्ष एन्जिला थापा सह सचिव दिनेश विक रहने गरी ३५ सदसिय हिमज्योती माध्यामिक विद्यालय अनेरास्ववियु कमिटी गठन गरेको लामाले बताएका छन् ।  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन जिल्ला इन्चार्ज एव केन्द्रिय सदस्य छक्क लामाको प्रमुख आतिथ्य र सोही युनियनका सर्केगाड गाउँपालिका कमिटी अध्यक्ष उब्जन विकको अध्यक्षतामा संचालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९