राज शाही सोमबार, साउन १५, २०८० मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरीएको छ । ज्ञापन पत्र नेपाल पारा भेटरिनरि ऐण्ड लाईभष्टक एसोसियन जिल्ला कार्य समिति हुम्लाले पेश गरेको हो । हुम्ला जिल्लामा पशुहरुमा फैलिएको माहामारि लम्पि स्किन रोग नियन्त्रणको लागी उक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय मार्फत नेपाल सरकारलाई पेश गरीएको एसोसियनका सदस्य विष्णु वुमिले बताएका छन् ।

नेपाल अधिराज्य भर ११ लाख भन्दा वढी पशु संक्रमित र ५० हजार भन्दा वढी पशु मरेको, गर्वती पशु तुहिने, प्रजननमा हरास आउने, मृत्यु हुने जस्ता कारणले कृषकहरुले ठुलो आर्थिक क्षेती वेहोर्नु परेकाले सो समस्याको समाधान गर्नकालागी ज्ञापन पत्र वुझाइएको बुमीले बताएका छन् । त्यसै गरी सोको उपचारका लागी ३ हजार भन्दा वढी पशु प्रावधिक सो रोगको उपचारका लागी खटिएको पनि उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा लम्कीस्किन रोकबाट भयावह वन्दै गएको अवस्थालाई संकटकाल घोषण गर्नु पर्ने, विमा गरिएका पशुहरुको विमा बापतको क्षतीपुर्ती शुल्क उपलब्ध गराउनु पर्ने, लम्की स्किन रोक नियन्त्रणकालागी ठोस योजनाका साथ आवश्यक औषधी तथा खोजको व्यवस्था गर्नु पर्ने, लम्पि स्किन रोग नियन्तण र उपचारका लागी पशु चिकित्सक र पशु प्रराविधिकहरु ससक्तरुपमा परिचालन गरिनु पर्ने,  लम्की स्किन रोक नियन्त्रण र उपचारका लागी प्रयोग हुने औषधी बजारमा अभाव रहेकाले आवश्यक औषधीको उपलब्धता बढाउनु पर्ने लगायत ६ वटा वुद्धा समावेस गरी आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९