राज शाही शनिबार, साउन १३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

 

कर्णाली करिडोर अन्तरगत पैदल यात्रका लागी लगाइएका २ वटा काठे साँघु वगाउदा बटुवालाइ आवत जावतमा समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं २  रिपगाड र लिप्ने खोलामा लगाइएको काठे साँघु अविरल वर्षाले खोलामा पानीको वहाव बढे सँगै गएको वाढी पहिरोले उक्त काठे साँघु बगाएको हो ।

साँघु बगाउदा स्थानियवासी सँगै रिप गाउँमा बाढि पहिरोको जोखिममा रहेका गाउँ वस्तीलाई उद्धाराका लागी गएका सुरक्षा कर्मी, स्थानियवासी, बाटो हिड्ने बटुवा र भारवहनका साधनलाई आवत जावतमा समस्या भएको सर्केगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर रावतले बताएका छन् ।

सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँको दुवै तिर रहेका रिपगाड र लिप्ने खोलामा पानीको वहाव वढ्दा दुवै खोलामा लगाइएको काठे पुल बाढीले बगाएको छ । रिप गाउँका स्थानिय आफ्नो गाउँ रिप भन्दा यता उता जान नपाएको खवर प्राप्त भएको छ ।

सोही गाउँ माथिको पान्लोडि, जिलु, चौकी र लेख आसपासको भुभाकबाट पहिरो खसी कुडिल्ला हुँदै घाट सम्म करिव ५ सय हेक्टर जमिनमा बाढी पहिरो गएको र त्यसै गरी जिलु  देखि कुडिल्ला हुँदै घरजिउला सम्मको करिव ३ सय हेक्टर घडेरी जमिनमा क्षेती पुगेको प्रमुख प्रशासकिय अधिकृत रावतले बताएका छन् ।

जसको उद्धारका लागी ब्रहदल गुल्म रानीबनबाट नेपाली सेना २५ जना, नेपाल प्रहरी ३० जना र ससत्र प्रहरी १५ जना  गरी ७० जना सुरक्षाकर्मी सर्केगाड वडा नं २ रिपको बाढी पहिरोको बस्तु स्थिती बुझ्न र उद्धारका लागी सदरमुकाम सिमकोटबाट शनिवार विहान १२ वजे हिडेको छ ।सो टोली बैकल्पिक उपाय लगाउदै बाढी प्रभावित क्षेत्रमा पुग्ने कोशिस गरि रहेको जानकारी प्राप्त भएको छ । हुम्ला जिल्लामा सुक्रबार राती १२ वजे देखिनै निरन्तर अविरल वर्षा भइ रहेको छ ।

उक्त टोली अविरल वर्षाले गर्दा र बाटो ठाउँ ठाउँमा भत्केको र पहिरो समेत गएको र खोलामा काठे पुल समेत बगाएकाले सम्बन्धित स्थल सम्म पुगी नसेको जानकारी प्राप्त भएको छ । सर्कीदेउ प्रही भने घटना स्थलमा पुगेको भन्ने खवर सम्म प्राप्त भएको छ ।  उक्त बाढी पहिरोले के कति क्षेती पुगेको छ उद्धार टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पुगी मुचुल्का गरेपछि विस्तृत विवण आउने छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९