राज शाही शनिबार, साउन १३, २०८० मा प्रकाशित

 

कर्णाली करिडोर अन्तरगत पैदल यात्रका लागी लगाइएका २ वटा काठे साँघु वगाउदा बटुवालाइ आवत जावतमा समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं २  रिपगाड र लिप्ने खोलामा लगाइएको काठे साँघु अविरल वर्षाले खोलामा पानीको वहाव बढे सँगै गएको वाढी पहिरोले उक्त काठे साँघु बगाएको हो ।

साँघु बगाउदा स्थानियवासी सँगै रिप गाउँमा बाढि पहिरोको जोखिममा रहेका गाउँ वस्तीलाई उद्धाराका लागी गएका सुरक्षा कर्मी, स्थानियवासी, बाटो हिड्ने बटुवा र भारवहनका साधनलाई आवत जावतमा समस्या भएको सर्केगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर रावतले बताएका छन् ।

सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँको दुवै तिर रहेका रिपगाड र लिप्ने खोलामा पानीको वहाव वढ्दा दुवै खोलामा लगाइएको काठे पुल बाढीले बगाएको छ । रिप गाउँका स्थानिय आफ्नो गाउँ रिप भन्दा यता उता जान नपाएको खवर प्राप्त भएको छ ।

सोही गाउँ माथिको पान्लोडि, जिलु, चौकी र लेख आसपासको भुभाकबाट पहिरो खसी कुडिल्ला हुँदै घाट सम्म करिव ५ सय हेक्टर जमिनमा बाढी पहिरो गएको र त्यसै गरी जिलु  देखि कुडिल्ला हुँदै घरजिउला सम्मको करिव ३ सय हेक्टर घडेरी जमिनमा क्षेती पुगेको प्रमुख प्रशासकिय अधिकृत रावतले बताएका छन् ।

जसको उद्धारका लागी ब्रहदल गुल्म रानीबनबाट नेपाली सेना २५ जना, नेपाल प्रहरी ३० जना र ससत्र प्रहरी १५ जना  गरी ७० जना सुरक्षाकर्मी सर्केगाड वडा नं २ रिपको बाढी पहिरोको बस्तु स्थिती बुझ्न र उद्धारका लागी सदरमुकाम सिमकोटबाट शनिवार विहान १२ वजे हिडेको छ ।सो टोली बैकल्पिक उपाय लगाउदै बाढी प्रभावित क्षेत्रमा पुग्ने कोशिस गरि रहेको जानकारी प्राप्त भएको छ । हुम्ला जिल्लामा सुक्रबार राती १२ वजे देखिनै निरन्तर अविरल वर्षा भइ रहेको छ ।

उक्त टोली अविरल वर्षाले गर्दा र बाटो ठाउँ ठाउँमा भत्केको र पहिरो समेत गएको र खोलामा काठे पुल समेत बगाएकाले सम्बन्धित स्थल सम्म पुगी नसेको जानकारी प्राप्त भएको छ । सर्कीदेउ प्रही भने घटना स्थलमा पुगेको भन्ने खवर सम्म प्राप्त भएको छ ।  उक्त बाढी पहिरोले के कति क्षेती पुगेको छ उद्धार टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पुगी मुचुल्का गरेपछि विस्तृत विवण आउने छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९