राज शाही बिहिबार, साउन ११, २०८० मा प्रकाशित

विद्यालयमा छात्रालाई नियमितता  गर्नका लागी भित्री वस्त्र वितरण गरिएको छ । वालमन्दिर माध्यामिक विद्यालय सिमकोट हुम्लाले एक कार्यक्रमको आयोजना गरि छात्राहरुका लागी भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । छाउ भएका वेला विद्यालयमा छात्राको उपस्थितको संख्या वृद्धी गर्नका लागी पनि उक्त बस्त्र वितरण गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा नर्सिह स्टाप मनमाया वलीले बताएकी छन् ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा उक्त वस्त्र वितरण गरीएको हो । उक्त गाउँपालिका स्वास्थ्य शाखाले सिमकोट गाउँपालिका भित्र स्थापित सवै विद्यालयका छात्रालाइ उक्त वस्त्र वितरण गर्ने कार्यक्रम रहे बमोजिम कैलास माध्यामिक विद्यालय डाँडाफया, सैपाल माध्यमिक विद्यालय स्याँडा , कर्णाली माध्यामिक विद्यालय चौगान फया , मानसरोवर नमुना माध्यमिक विद्यालय सिमकोट, बालमन्दिर माध्यमिक विद्यालय सिमकोटलाई वितरण गरि सकिएको नर्सिह स्टाप वली शाहीले बताएकी छन् ।

 

 

 

शाहीका अनुसार मानसरोवर नमुना माध्यमकि विद्यालयमा कक्षा ६ देखि १२ सम्मका र अन्य विद्यालयका कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरुलाई प्रति छात्रा २ थानका दरले भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । भित्री वस्त्रमा पेन्टी कट्टू रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९