राज शाही बिहिबार, साउन ११, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

विद्यालयमा छात्रालाई नियमितता  गर्नका लागी भित्री वस्त्र वितरण गरिएको छ । वालमन्दिर माध्यामिक विद्यालय सिमकोट हुम्लाले एक कार्यक्रमको आयोजना गरि छात्राहरुका लागी भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । छाउ भएका वेला विद्यालयमा छात्राको उपस्थितको संख्या वृद्धी गर्नका लागी पनि उक्त बस्त्र वितरण गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा नर्सिह स्टाप मनमाया वलीले बताएकी छन् ।

सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा उक्त वस्त्र वितरण गरीएको हो । उक्त गाउँपालिका स्वास्थ्य शाखाले सिमकोट गाउँपालिका भित्र स्थापित सवै विद्यालयका छात्रालाइ उक्त वस्त्र वितरण गर्ने कार्यक्रम रहे बमोजिम कैलास माध्यामिक विद्यालय डाँडाफया, सैपाल माध्यमिक विद्यालय स्याँडा , कर्णाली माध्यामिक विद्यालय चौगान फया , मानसरोवर नमुना माध्यमिक विद्यालय सिमकोट, बालमन्दिर माध्यमिक विद्यालय सिमकोटलाई वितरण गरि सकिएको नर्सिह स्टाप वली शाहीले बताएकी छन् ।

 

 

 

शाहीका अनुसार मानसरोवर नमुना माध्यमकि विद्यालयमा कक्षा ६ देखि १२ सम्मका र अन्य विद्यालयका कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरुलाई प्रति छात्रा २ थानका दरले भित्री वस्त्र वितरण गरेको जानकारी प्राप्त भएको छ । भित्री वस्त्रमा पेन्टी कट्टू रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९