राज शाही सोमबार, साउन ०८, २०८० मा प्रकाशित

१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं १ र २ का निउन आयश्रोत भएका कृषकलाई प्रति कृषक ८ वटाको दरले बाख्रा वितरण गरिएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आर्थिक वर्ष ७९।८० को वार्षिक लक्ष्य अनुसार उक्त बाख्रा वितरण वितरण गरिएको हो ।

७० प्रतिसत गाउँपालिका पशु शाखाको आर्थिक सहयोग र ३० प्रतिसत कृषकको लगानी रहेको सोही गाउँपालिका नायव पशु प्राविधिक विष्णु वुमीले बताएका छन् । बाख्रा पाउने कृषकमा सिमकोट गाउँपालिका वडा नं १ का छिरिङ याङछ्याक लामा, छिरिङ लामा, वडा नं २ का भैरबहादुर बोहरा, ममता बोहरा लगाएत १२ जना पशु पालक कर्षक रहेका छन् । उन्नत जातका बाख्रा प्राप्त भए पछि ति बाख्राको हेरचाह गरी राम्रो संग पालन गरी वृद्धी गर्दै लैजाने र आफ्नो आय आर्जनमा वृद्धी गर्ने कृषक भैरबहादुर बोहराले बताएका छन्।

त्यसै गरी सोही कार्यक्रमका सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एव प्रवक्ता नन्द रातवले अनुदानमा दिएका बाख्रालाई अपनत्वको भावना जगाई बाख्राको रेखदेख राम्रो गरी बाख्रा पालन पकेट क्षेत्रको रुपमा बनाउन आग्र  गरेका थिए । बाख्रवितरण कार्यक्रमको प्रमुख आतिथ्य सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावतको र विशेष आतिथ्यमा सिमकोट गाउँपालिका पशु शाखा प्रमुख महेन्द्रबहादुर शाहीको रहेको थियो । बाख्रा सोमबार दिनको २ वजे वितरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९