राज शाही सोमबार, साउन ०८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

१२ जना कृषकलाई आर्थिक उपार्जनका लागी बाख्रा उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं १ र २ का निउन आयश्रोत भएका कृषकलाई प्रति कृषक ८ वटाको दरले बाख्रा वितरण गरिएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आर्थिक वर्ष ७९।८० को वार्षिक लक्ष्य अनुसार उक्त बाख्रा वितरण वितरण गरिएको हो ।

७० प्रतिसत गाउँपालिका पशु शाखाको आर्थिक सहयोग र ३० प्रतिसत कृषकको लगानी रहेको सोही गाउँपालिका नायव पशु प्राविधिक विष्णु वुमीले बताएका छन् । बाख्रा पाउने कृषकमा सिमकोट गाउँपालिका वडा नं १ का छिरिङ याङछ्याक लामा, छिरिङ लामा, वडा नं २ का भैरबहादुर बोहरा, ममता बोहरा लगाएत १२ जना पशु पालक कर्षक रहेका छन् । उन्नत जातका बाख्रा प्राप्त भए पछि ति बाख्राको हेरचाह गरी राम्रो संग पालन गरी वृद्धी गर्दै लैजाने र आफ्नो आय आर्जनमा वृद्धी गर्ने कृषक भैरबहादुर बोहराले बताएका छन्।

त्यसै गरी सोही कार्यक्रमका सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एव प्रवक्ता नन्द रातवले अनुदानमा दिएका बाख्रालाई अपनत्वको भावना जगाई बाख्राको रेखदेख राम्रो गरी बाख्रा पालन पकेट क्षेत्रको रुपमा बनाउन आग्र  गरेका थिए । बाख्रवितरण कार्यक्रमको प्रमुख आतिथ्य सिमकोट गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चिन रावतको र विशेष आतिथ्यमा सिमकोट गाउँपालिका पशु शाखा प्रमुख महेन्द्रबहादुर शाहीको रहेको थियो । बाख्रा सोमबार दिनको २ वजे वितरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९