राज शाही सोमबार, साउन ०८, २०८० मा प्रकाशित

वलत्कारको आरोपित १ जना अनुसन्दानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासदमा राख्ने आदेश गरिएको छ । साउन ४ गते एक महिलालाई वलात्कार गरेको आरोपमा ताँजाकोट गाउँपालिका वडा नं २ निवासी ३६ वर्षिया पुनिमल लुहारलाई हुम्ला जिल्ला अदालतले अनुसन्धानका लागी हिरासदमा राख्ने आदेश साउन ७ गते दिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले अनुसन्धानको प्रकृया पुरा गरी वारदात भएको मितिले २४ दिन पछि हुम्ला जिल्ला अदालतमा पेश गर्ने छ ।

हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका वडा नम्वर १ की एक जना महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिइ साउन सात गते अनुसन्धानका लागी हिरासदमा राख्ने आदेश हुम्ला जिल्ला अदालतलाई साउन ७ गते अनुमति मागेको थियो । गत साउन ४ गते सोही गाउँपालिकाकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका वडा नम्वर २ का ३६ वर्षीय लुहारलाई नियन्त्रणमा लिएको हो । साउन ४ गते ताँजाकोट गाउँपालिका–१ जिउछा स्थित भेडी गोठमा बलात्कार गरेको आरोपमा प्रहरीले लुवारलाई नियन्त्रण्मा लिइ हिरासदमा राख्नका लागी म्याद थप गराएको हो ।

कानूनी व्यवस्थाः_

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ मा कसैले जवर्जस्ती करणी गर्न हुँदैन भनिएको छ । सोही दफाको उपदफा २ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ भनिएको छ ।

जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुनेछ व्यवस्था रहेको छ । दश वर्षभन्दा कम उमेरकी बालिका भए सोह्र वर्षदेखि बीस वर्षसम्म, दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए चौध वर्षदेखि सोह्र वर्षसम्म, चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म, सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म, अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म,पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुने कानूनी व्यवस्था रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९