दाने बोहरा शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन सहयोग गरीएको छ ।

वडा तीनको बरगाउँ, लिमाटाङ्ग, हुटीक तोर्पामा बस्दै आएका ३६ दलित घर परिवारलाई राहत वितरण गरिएको हो । एक घरपरिवारलाई १५ केजी चामल, आधा लिटर तेल, चिनी र हातमुख धुने सावुन वितरण गरीएको हो ।

आजै वितरण गरीएको राहत छवाङ्ग लामा र बाशु अधिकारीको पहलमा डा. प्रदिप जोशीको आर्थिक सहयोगमा वितरण गरीएको हो ।

सिमकोट गाउँपालिकाले न्युन आयश्रोत भएका दलित परिवारलाई राहत वितरण गर्न अुनमति दिएपछि आजै वितरण गरीएको हो ।

१५ केजी चामल भएपनि यो बन्दाबन्दीको समयमा सहयोग गरेकोमा दलजित कामीले खुसि व्यक्त गरेका छन् । कामीले भने १५ केजी भएपनि केही दिनको छाक टर्ने भएको छ, सहयोगीहरुलाई धन्यावद समेत दिए ।

राहत वितरणका केही तस्विरहरु

  

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९