दाने बोहरा शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन सहयोग गरीएको छ ।

वडा तीनको बरगाउँ, लिमाटाङ्ग, हुटीक तोर्पामा बस्दै आएका ३६ दलित घर परिवारलाई राहत वितरण गरिएको हो । एक घरपरिवारलाई १५ केजी चामल, आधा लिटर तेल, चिनी र हातमुख धुने सावुन वितरण गरीएको हो ।

आजै वितरण गरीएको राहत छवाङ्ग लामा र बाशु अधिकारीको पहलमा डा. प्रदिप जोशीको आर्थिक सहयोगमा वितरण गरीएको हो ।

सिमकोट गाउँपालिकाले न्युन आयश्रोत भएका दलित परिवारलाई राहत वितरण गर्न अुनमति दिएपछि आजै वितरण गरीएको हो ।

१५ केजी चामल भएपनि यो बन्दाबन्दीको समयमा सहयोग गरेकोमा दलजित कामीले खुसि व्यक्त गरेका छन् । कामीले भने १५ केजी भएपनि केही दिनको छाक टर्ने भएको छ, सहयोगीहरुलाई धन्यावद समेत दिए ।

राहत वितरणका केही तस्विरहरु

  

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९