राज शाही शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष ७९।८० मा ५५.९६ प्रतिसत मुद्दा फर्च्छौट गरेको छ ।जसमा मेलमिलापबाट ४८.३६ प्रतिसत मुदा फर्च्छौट भएका छन् ।

आर्थिक वर्ष ७८।७९बाट लगत सरी आएका ३० थान र आर्थिक वर्षमा दर्ता भएका ६३ थान मुद्दा गरी जम्मा ९३ थान मुद्दा हुम्ला जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका थिए । जसमा फैसला भएका २८ थान मुद्दा मध्य, ५ थान मुद्दा डिसमिस,१ थान मुलतवी र १ थान तामेली आदेश र ३ वटा मुद्दा फिर्ता भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले बताउनु भएको छ ।

मेलमिलाप केन्द्रमा गएका जम्मा २६ थान मुद्दा मध्य २४ वटा मेलमिलापको प्रक्रियाबाट अन्तिम किनारा लगाइएका र १ वटा मेलमिलाप हुन नसकेको र १ वटा बाँकी रहेको हुम्ला जिल्ला अदालतका वैतनिक कानून व्यवसायी राजन चन्दले बताएकी छन् ।

मेलमिलापको प्रक्रियाको रोहवाट २४ वटा थान मुद्दा र इजलासबाटै अन्तिम किनारा लगाइएका २८ थान मुद्दा गरी गत आर्थिक वर्षमा हुम्ला जिल्ला अदालतले जम्मा ५२ थान मुद्दा फैसाल गरेको इजलास सहायक पुष्पराज अधिकारीले बताएका छन् ।

आर्थिक वर्ष ७९।८० मा अन्तिम किनारा लगाउन बाँकी मुद्दाको संख्या ४१ थान रहेको छ । आर्थिक वर्ष ७९।८०लाई निर्वाचन वर्षको रुपमा मनाइदा पनि हुम्ला जिल्ला अदालतमा मुद्दा फर्च्छौटको संख्यामा कमी आएको र गत आर्थिक वर्षमा स्थानिय, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु परेकाले पनि मुद्दा फर्च्छौटमा कमी आएको श्रेस्तेदार उपसचिव आचार्यले बताउनु भयो । मेलमिलाप प्रक्रियाबाट मुद्दा फर्च्छौट गर्नेमा हुम्ला जिल्ला उत्कृष्ट भएको पनि पाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९