राज शाही शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष ७९।८० मा ५५.९६ प्रतिसत मुद्दा फर्च्छौट गरेको छ ।जसमा मेलमिलापबाट ४८.३६ प्रतिसत मुदा फर्च्छौट भएका छन् ।

आर्थिक वर्ष ७८।७९बाट लगत सरी आएका ३० थान र आर्थिक वर्षमा दर्ता भएका ६३ थान मुद्दा गरी जम्मा ९३ थान मुद्दा हुम्ला जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका थिए । जसमा फैसला भएका २८ थान मुद्दा मध्य, ५ थान मुद्दा डिसमिस,१ थान मुलतवी र १ थान तामेली आदेश र ३ वटा मुद्दा फिर्ता भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले बताउनु भएको छ ।

मेलमिलाप केन्द्रमा गएका जम्मा २६ थान मुद्दा मध्य २४ वटा मेलमिलापको प्रक्रियाबाट अन्तिम किनारा लगाइएका र १ वटा मेलमिलाप हुन नसकेको र १ वटा बाँकी रहेको हुम्ला जिल्ला अदालतका वैतनिक कानून व्यवसायी राजन चन्दले बताएकी छन् ।

मेलमिलापको प्रक्रियाको रोहवाट २४ वटा थान मुद्दा र इजलासबाटै अन्तिम किनारा लगाइएका २८ थान मुद्दा गरी गत आर्थिक वर्षमा हुम्ला जिल्ला अदालतले जम्मा ५२ थान मुद्दा फैसाल गरेको इजलास सहायक पुष्पराज अधिकारीले बताएका छन् ।

आर्थिक वर्ष ७९।८० मा अन्तिम किनारा लगाउन बाँकी मुद्दाको संख्या ४१ थान रहेको छ । आर्थिक वर्ष ७९।८०लाई निर्वाचन वर्षको रुपमा मनाइदा पनि हुम्ला जिल्ला अदालतमा मुद्दा फर्च्छौटको संख्यामा कमी आएको र गत आर्थिक वर्षमा स्थानिय, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्नु परेकाले पनि मुद्दा फर्च्छौटमा कमी आएको श्रेस्तेदार उपसचिव आचार्यले बताउनु भयो । मेलमिलाप प्रक्रियाबाट मुद्दा फर्च्छौट गर्नेमा हुम्ला जिल्ला उत्कृष्ट भएको पनि पाइएको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९